असार २५, २०८२ बुधबार July 9, 2025

सुन तोलामा ६ हजार २ सयले घट्यो, चाँदी कति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाली बजारमा बुधबार सुनको मूल्यमा अहिलेसम्मकै ठुलोमात्रामा गिरावट आएकाे छ । सुनकाे मूल्य आज बुधबार प्रतिताेला ६ जार २ सय रूपैयाँले घटेर  हाे ।

मंगलबारको प्रतिताेला १ लाख १ हजार ६ सय रुपैयाँ कारोवार भएकाे सुनकाे मूल्य बुधबार तोलामै ६ हजार २ सय रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुनको भाउ प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा झरेको छ ।

एकै दिन तोलामा ६ हजार २ सय रुपैयाँको गिरावट पहिलो पटक भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । महासंघले तेजाबी सुनको कारोबार प्रतितोला मूल्य ९४ हजार ९ सय तोकेको छ ।

यस्तै चाँदी आज प्रतिताेला १२ सय १० रुपैयाँमा काराेबार भइरहेकाे छ । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया