श्रावण १९, २०८३ मंगलबार August 4, 2026

डेउडा गाएक ध्जव महराको गीत ‘मन होईजा सितल’ सार्वजनिक

गीति एल्बम ‘मन होईजा सितल’मा रेश बिसी र मनिषा रावलको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं । सुदूरपश्चिमका चर्चित डेउडा गायक ध्जव महराले डेउडा भाकामा आधारित ‘मन होईजा सितल’ बजारमा ल्याएका छन् । वरिष्ठ डेउडा गायकसमेत रहेका महराको स्वरमा रहेको गीति एल्बम ‘मन होईजा सितल’ को म्युजिक भिडिओसमेत सार्वजनिक गरिएको छ ।

कर्ण बोगटीको शब्द रचना रहेको उक्त गीतमा बरिष्ठ गायक महरा र चर्चित डेउडा गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ । दुई हप्ताअघि युट्युबमा मार्फत सार्वजनिक भएको उक्त गीत हालसम्म ६८ हजार बढीले हेरेका छन ।

रमेश बिजुली बिसीको निर्देशनमा उत्पादन गरिएको उक्त म्यूजिक भिडियोमा रेश बिसी र मनिषा रावलले अभिनय गरेका छन । डोटीको पूर्बिचौकी गाउँपालिका घर भएका महरा सुदूरपश्चिमका चर्चित डेउडा गायक हुन् ।

महराले ‘गैजा डोटी गैजा’लगायतका दर्जनौं डेउडा गीतमा स्वर दिइसकेका छन । उनको स्वरमा रहेको ‘गैजा डोटी गैजा’ बोलको गीतको म्यूजिक भिडियो एक करोडबढीले हेरेको चर्चित गीत हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया