कार्तिक ११, २०८३ बुधबार October 28, 2026

डेउडा गाएक ध्जव महराको गीत ‘मन होईजा सितल’ सार्वजनिक

गीति एल्बम ‘मन होईजा सितल’मा रेश बिसी र मनिषा रावलको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । सुदूरपश्चिमका चर्चित डेउडा गायक ध्जव महराले डेउडा भाकामा आधारित ‘मन होईजा सितल’ बजारमा ल्याएका छन् । वरिष्ठ डेउडा गायकसमेत रहेका महराको स्वरमा रहेको गीति एल्बम ‘मन होईजा सितल’ को म्युजिक भिडिओसमेत सार्वजनिक गरिएको छ ।

कर्ण बोगटीको शब्द रचना रहेको उक्त गीतमा बरिष्ठ गायक महरा र चर्चित डेउडा गायिका लक्ष्मी नेपालीको स्वर रहेको छ । दुई हप्ताअघि युट्युबमा मार्फत सार्वजनिक भएको उक्त गीत हालसम्म ६८ हजार बढीले हेरेका छन ।

रमेश बिजुली बिसीको निर्देशनमा उत्पादन गरिएको उक्त म्यूजिक भिडियोमा रेश बिसी र मनिषा रावलले अभिनय गरेका छन । डोटीको पूर्बिचौकी गाउँपालिका घर भएका महरा सुदूरपश्चिमका चर्चित डेउडा गायक हुन् ।

महराले ‘गैजा डोटी गैजा’लगायतका दर्जनौं डेउडा गीतमा स्वर दिइसकेका छन । उनको स्वरमा रहेको ‘गैजा डोटी गैजा’ बोलको गीतको म्यूजिक भिडियो एक करोडबढीले हेरेको चर्चित गीत हो ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल-भारत सीमा सुरक्षा समन्वय बैठक काठमाडौंमा सुरु
२०८३ कार्तिक ११, बुधबार
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार