बैसाख ७, २०८२ आइतबार April 20, 2025

सामसङको नयाँ फाेन ग्यालेक्सी एम १६ फाइभजी सार्वजनिक

नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः सामसङले नेपालमा नयाँ आफ्नो चर्चित एम सिरिजमा नयाँ मोन्स्टर डिभाइस Galaxy M16 5G फाेन सार्वजनिक गरेको छ।

यो फोनमा स्टाइल र नविनताको उत्कृष्ट संयोजन रहेको कम्पनीले उल्लेख गरेकाे छ । कम्पनीका अनुसार Galaxy M16 5G मोन्स्टर इनोभेसन र पर्फमेन्सका साथ आएको छ जसले एम सिरिजको परम्परालाई निरन्तरता दिएको छ।

नयाँ डिजाइनसहितको Galaxy M16 5G स्टाइल र परफर्मेन्स दुबैमा सुधार ल्याउन तयार गरिएको हो, र यसमा सेग्मेन्ट-अग्रणी FHD+ Super AMOLED डिस्प्ले, ६ वर्षको OS अपग्रेड र सुरक्षा अपडेट पनि भएकोले एउटा नयाँ मापदण्ड नै स्थापित गरेको सामसङ नेपाल का निर्देशक प्रणय रत्न स्थापितले बताए।

Galaxy M16 5G मा 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले दिइएको छ, जसले vibrant कलर र clarity दिन्छ। यसको adaptive high brightness mode ले घाममा पनि सजिलै content हेर्न मिल्ने सुविधा दिन्छ । नयाँ linear group क्यामेरा मोड्युल, सन्तुलित र bold रंग संयोजन, र 7.9mm slim डिजाइनले यो डिभाइसलाई स्टाइलिस र ट्रेन्डी बनाएको छ।

Galaxy M16 5G मा MediaTek Dimensity 6300 प्रोसेसर प्रयोग गरिएको छ । जसले मल्टिटास्किंगमा Speed र efficiency सुनिश्चित गर्छ। 50MP को मुख्य क्यामेरा, 5MP को अल्ट्रा-वाइड, 2MP को Macro क्यामेरा र 13MP को फ्रन्ट क्यामेराले रहेकाे फाेनले फोटो र सेल्फी अनुभवलाई अर्को स्तरमा पुर्‍याउने जनाइएकाे छ ।

साथै, यसमा 5000mAh को battery र 25W को फास्ट चार्जिङ सपोर्टले लामो समयसम्म ब्राउज, गेमिंग र बिन्ज-वाचिंग गर्न मिल्छ।Samsung ले Galaxy M16 5G मार्फत ६ वर्षको OS अपडेट र ६ वर्षको सुरक्षा अपडेट उपलब्ध गराउँदैछ।

Samsung Galaxy M16 5G नेपालभरका सामसुङको आधिकारिक स्टोरहरूमा उपलब्ध छ। Samsung InstaFinance सेवा अन्तर्गत, Hulas Finserve बाट मात्र नागरिकताकै आधारमा न्यूनतम NPR १३५०/महिनाको EMI मा फोन खरिद गर्न सकिने सुविधासमेत रहेकाे छ । यस साथै पुरानाे फोन साटेर Galaxy M16 5G किन्न SabkoPhone र ArkoStore मार्फत एक्सचेन्ज सुविधा रहेकाे कम्पनीले जनाएकाे छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार