श्रावण १९, २०८३ मंगलबार August 4, 2026

अल्लु अर्जुनको फिल्ममा हुने छैनन प्रियंका चोपडा

अप्रिल ८ मा आधिकारिक रूपमा घोषणा हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, २५ चैत । अभिनेत्री प्रियंका चोपडा माभेरिक निर्देशक एसएस राजामौली र सुपरस्टार महेश बाबुको एसएसएमबी २९ बाट ठूलो भारतीय सिनेमामा पुनरागमन गर्दैछिन्। यसको छायांकन सुरु भइसकेको छ र निर्माताहरूले चाँडै नै फिल्मको आधिकारिक घोषणा गर्ने तयारीमा रहेका छन्।

यसैबीच, सुपरस्टार अल्लु अर्जुनसँग निर्देशक एट्लीको फिल्ममा पीसी पनि एक हिस्सा रहेको हल्ला चलिरहेको छ। देशी गर्लका फ्यानहरूले सो हल्लामा रमाइलो मानिरहेको बेला पिंकभिलाले भने देशी गर्ल अल्लु अर्जुनको फिल्ममा हुने छैनन् भनेर उल्लेख गरेको छ । उसका अनुसार वास्तवमा उनी कहिल्यै पनि त्यसका लागि प्रस्तावित वा सम्पर्क रहेकी छैनन् ।

तर अहिले सम्म अल्लु अर्जुन अभिनित फिल्म गरिरहेकी छैनन्, जुन अप्रिल ८ मा आधिकारिक रूपमा घोषणा हुने जनाइएको छ।

एएलाई सन पिक्चर्सले निर्माण गर्नेछ र यो ५०० करोड भन्दा बढीको बजेटमा बन्ने बताइएको छ। यो फिल्मसँगै अल्लु अर्जुनले १७५ करोड पारिश्रमिक र नाफाको हिस्सा लिएकाले उनी भारतीय सिनेमाका सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेतासमेत बन्न पुगेका छन ।

अर्कोतर्फ प्रियंका चोपडाका धेरै फिल्म पाइपलाइनमा छन् । एसएसएमबी २९ बाहेक उनले केही हलिउड फिल्ममा पनि सँगसँगै काम गरिरहेकी छिन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया