असार २१, २०८२ शनिबार July 5, 2025

बिरामीबाट अस्पतालले उठाएको १८ करोड बैंक खाताबाटै गायब

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्वसाधारणको उपचारबापत त्रिवि शिक्षण अस्पताल महाराजगन्जले उठाएको १८ करोड रुपैयाँ बैंकबाटै गायब भएको छ । अस्पतालको बैंक मौज्दातमा १८ करोड नभेटिएको भन्दै महालेखाले प्रश्न उठाएपछि त्रिभुवन विश्वविद्यालयले छानबिन सुरु गरेको छ  ।

शिक्षण अस्पतालले तीन वर्षसम्म लेखापरीक्षण गराएको थिएन । आर्थिक वर्ष ०७३/७४ देखि ०७५-७६ सम्मको शिक्षण अस्पतालको लेखापरीक्षण एकैपटक भएको थियो ।

अस्पतालले विभिन्न बैंकका खातामा रहेको भनेको १७ करोड ९४ लाख ५८ हजार बैंकमा नभेटिएको महालेखाको ५७औँ प्रतिवेदनमा उल्लेख छ । तीन–तीन वर्षसम्म लेखापरीक्षण नगरिएकाले पनि रकम हिनामिना भएको हुन सक्ने आशंका त्रिभुवन विश्वविद्यालयका अधिकारीहरूको छ ।

अस्पतालको अभिलेखमा हिमालय बैंक लगायतका बैंकहरूमा ९८ करोड २७ लाख ७५ हजार मौज्दात रहेको उल्लेख भए पनि महालेखाले ८१ करोड ८३ लाख ६७ हजार मात्रै फेलापारेको छ, १६ करोड ४४ लाख आठ हजार गायब छ ।

त्यस्तै, नेपाल बैंक लिमिटेडमा रहेका पाँचवटा खाता, नबिल बैंक लिमिटेड र हिमालय बैंकमा रहेका एक–एक खातामा पनि अस्पतालले भनेअनुसार रकम मौज्दात नभेटिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

अस्पतालको स्रेस्ताअनुसार एक करोड ६२ लाख २० हजार बैंक मौज्दात हुनुपर्नेमा ११ लाख ७० हजार मात्र छ । एक करोड ५० लाख ५० हजार गायब छ । अस्पतालको १८ करोड गायब भएको विषयमा त्रिभुवन विश्वविद्यालयका अधिकारीहरू पनि आश्चर्यमा परेका छन् । नयाँ पत्रिका दैनिकबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया