मंग्सिर ७, २०८२ आइतबार November 23, 2025

युक्रेनमा १ करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता

संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखद्धारा अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

न्युयोर्क, २७ चैत । युक्रेनमा एक करोड ३० लाख मानिसलाई तत्काल मानवीय सहायताको आवश्यकता रहेको मानवतावादी मामिलाका लागि राष्ट्रसङ्घीय उपमहासचिव टम फ्लेचरले बताएक छन्।

युक्रेनीहरुको अवस्थाबारे सुरक्षा परिषद्लाई जानकारी दिँदै संयुक्त राष्ट्रसङ्घका राहत प्रमुखले अन्तर्राष्ट्रिय समुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरे । उनले द्वन्द्वरत पक्षले अन्तर्राष्ट्रिय कानूनअनुसार नागरिकको रक्षा गर्नु पर्ने विषयमा जोड दिए ।

उनका अनुसार रूस–युक्रेन युद्धका कारण लगभग ३७ लाख युक्रेनी विस्थापित भएका छन् भने सात लाख हाल शरणार्थीका रूपमा बाँचिरहेका छन् । यसै गरी रूसले कब्जा गरेका डोनेट्स्क, खेरसन, लुहान्स्क र जापोरिझ्जियाका अनुमानित १५ लाख नागरिकसम्म पुग्न असमर्थ रहेको मानवीय सहायताकर्मीहरूले बताएका छन् ।

बढ्दो आवश्यकताका बावजुद युक्रेनमा दुई अर्ब ६० करोड अरब डलर राष्ट्रसङ्घीय नेतृत्वको मानवीय प्रतिक्रिया योजनाले आवश्यक कोषको १७ प्रतिशत मात्र प्राप्त गरेको जनाइएको छ ।

रूसी राजदूत भासिली नेबेन्जियाले युक्रेनी मिडियाले आफ्नो देशलाई जानाजानी शान्ति प्रयासलाई कमजोर पार्ने देशके रूपमा चित्रण गरिरहेको बताएका छन् ।

यसैबीच संयुक्त राष्ट्रसङ्घका लागि युक्रेनकी स्थायी प्रतिनिधि क्रिस्टिना हायोभिशिनले आफ्नो देशमा भएको आक्रामक कार्यका लागि रूस जवाफदेही बन्नुपर्ने बताएका छन् । उनले युद्ध अन्त्य गर्न छलफल मात्र नभए वास्तविक दबाब दिन आवाश्यक रहेकोसमेत बताए ।

हायोभिशिनले रूसले तत्काल ३० दिनको अन्तरिम युद्धविरामका लागि अमेरिकी प्रस्तावको जवाफ दिई युक्रेन विरुद्धको आक्रमक युद्ध समाप्त गर्नुपर्ने बताए ।

संयुक्त राज्य अमेरिकाको प्रतिनिधित्व गर्दै कार्यवाहक प्रतिनिधि डोरोथी सियाले आफ्नो देश न्यायपूर्ण र स्थायी शान्ति प्राप्त गर्न प्रतिबद्ध रहेको बताए । उनले रूस र युक्रेनसँगको द्विपक्षीय संलग्नतामा अमेरिकाले पूर्ण युद्धविरामको प्रस्ताव गरेको उल्लेख गरे ।

शान्ति कायम गर्नका लागि युक्रेन र रूसले पहिले नै गरिसकेका युद्धविराम प्रतिबद्धताहरू पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने बताउदै उनले पूर्ण रूपमा कार्यान्वयन गरियो भने जीवन रक्षा र जीविकोपार्जनमा सुधार हुने बताए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
माछापुच्छ्रे बैंक र जोयालुक्कास एक्सचेन्ज यूएईबीच रेमिट्यान्स सम्झौता
२०८२ मंग्सिर ७, आइतबार
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका सात निर्णय सार्वजनिक
२०८२ मंग्सिर ७, आइतबार
रुबियोद्वारा ट्रम्पको शान्ति योजना ‘रुसको इच्छा-सूची’ भएको दाबी
२०८२ मंग्सिर ७, आइतबार
‘जनअधिकारको रक्षा र आर्थिक समृद्धिको मार्गलाई फराकिलो बनाउन लाग्छौँ’ : भीम रावल
२०८२ मंग्सिर ७, आइतबार
जेनजी समूहको अराजक गतिविधि नरोके प्रतिरोध गर्ने नेसनल भोलिन्टियर्स फोर्सको कडा चेतावनी
२०८२ मंग्सिर ७, आइतबार
बारा र पर्सामा हैजाविरुद्धको खोप ९० प्रतिशतलाई लगाइयो
२०८२ मंग्सिर ७, आइतबार
चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ मंसिर १८ गतेबाट प्रदर्शनमा आउने
२०८२ मंग्सिर ७, आइतबार