मंग्सिर २, २०८३ बुधबार November 18, 2026

विद्यार्थी अपहरणको श्रङ्खला बढेपछि नाइजेरियाका विद्यालय बन्द

स्थानीय सुरक्षा निकायले विद्यार्थीको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

अबुजा (नाइजेरिया), मङसिर ६ गते । आतङ्कवादी समूहद्वारा विद्यार्थीको अपहरणको श्रङ्खलामा वृद्धि भएपछि नाइजेरियाली सरकारले देशभरि कम्तीमा ४१ वटा माध्यमिक विद्यालय बन्द गर्ने आदेश दिएको छ ।

नाइजेरियाको मध्य राज्य नाइजरको एक विद्यालयमा संदिग्ध आतङ्ककारीले आक्रमण गरी कम्तिमा २१५ विद्यार्थी तथा १२ जना शिक्षकलाई शुक्रबार अपहरण गरेको नाइजेरियाको क्रिश्चियन एसोसिएसन-क्यान)ले जनाएको छ ।

नाइजर राज्यका क्यानका प्रवक्ता डेनियल एटोरीले शुक्रबार विज्ञप्ति जारी गर्दै अगवारा स्थानीय सरकारी क्षेत्रको निजी संस्था सेन्ट मेरी स्कूलमा आक्रमण गरी सन्दिग्ध आतङ्ककारीले विद्यार्थी र शिक्षकलाई बन्धक बनाएको बताउनु भएको छ । एटोरीले अपहरण गरिएका बच्चाका अभिभावकलाई भेटेपछि बच्चालाई उद्धार गरी सुरक्षितरूपमा फिर्ता ल्याउनका लागि सरकार र सुरक्षा निकायसँग मिलेर काम गरिरहेको बताउनु भएको छ ।

नाइजर राज्य सरकारका सचिव अबुबकर उस्मानले घटनाको पुष्टि गर्नु भएको छ भने गुप्तचर रिपोर्टले राज्यका केही भागमा सुरक्षा खतरा बढेको सङ्केत गरेका छन् । सतर्कताको आधारमा सरकारले सबै निर्माण गतिविधि स्थगित गर्न र प्रभावित क्षेत्रका स्कुल अस्थायीरूपमा बन्द गर्न आदेश दिएको उहाँले बताउनु भएको छ ।

स्थानीय सुरक्षा निकायले विद्यार्थीको सुरक्षित फिर्ती सुनिश्चित गर्न पूर्ण अनुसन्धान तथा खोजी र उद्धार अभियान सुरु गरेको जनाइएका छन् । नाइजर राज्यका प्रहरी प्रवक्ता वासिउ अबियोडुनलाई उदृत गर्दै अपहरण गरिएका विद्यार्थीलाई उद्धार गर्नको लागि नजिकैको जङ्गलकामा सैन्य शक्ती र अन्य सुरक्षा एजेन्सीसहित अर्धसैनिक निकायलाई घटनास्थलमा तैनाथ गरिएको सिन्ह्वाले जनाएको छ ।

संघीय सरकारको स्वामित्वमा रहेका विद्यालय लक्षित यो निर्देशन यस अघि नै लागु भइसकेको शिक्षा मन्त्रालयको विज्ञप्ति मार्फत जनाएको छ । “देशका केही भागमा सुरक्षा चुनौतिको कारण सुरक्षा उल्लङ्घन रोक्न आवश्यक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । यस अघि हप्ताको सुरुमा भएको आक्रमणमा उत्तरी राज्य केब्बीको सरकारी माध्यमिक विद्यालयका कम्तीमा २५ जना विद्याथी छात्रा पनि सन्दिग्ध आतङ्ककारीले अपहरण गरेको जनाइएको छ । रासस/सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पाकिस्तानलाई हराउँदै भारतले जित्यो साफ च्याम्पियनसिपको १०औँ उपाधि
२०८३ मंग्सिर ३, बिहिबार
डेफ फुटबल च्याम्पियनसिपका लागि ३९ सदस्यीय नेपाली टोली कोरिया प्रस्थान
२०८३ मंग्सिर ३, बिहिबार
गण्डकी ‘पीएम कप महिला’ क्रिकेटको उपाधि कास्कीले जित्यो
२०८३ मंग्सिर २, बुधबार
सडक पूर्वाधार निर्माणमा सेनाको महत्वपूर्ण योगदान छः राष्ट्रपति पौडेल
२०८३ मंग्सिर २, बुधबार
ट्रम्पसँग जापानी प्रधानमन्त्रीको भेटवार्ता
२०८३ मंग्सिर २, बुधबार
हिमालयको संरक्षणका लागि विज्ञान, जलवायु वित्त र न्यायमा नेपालको जोड
२०८३ मंग्सिर २, बुधबार
Head of World Bank Nepal Office Sislen calls on Minister Shrestha
२०८३ मंग्सिर २, बुधबार