बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

रास्वपा सचिवालय बैठक आज पनि बस्दै

आगामी वैशाखमा गरिने महाधिवेशन र जनयात्राका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने भएको हो।

बैठकमा वैशाखमा गरिने महाधिवेशन र जनयात्राका विषयमा छलफल हुने छ। यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानुनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको थियो।

बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो।

यस्तै रास्वपाले केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको छ। बैठक आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी बोलाइएको छ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालका प्रजनन स्वास्थ्य अधिकारका मुद्दा विश्व मञ्चमा
२०८३ बैसाख १८, शुक्रबार
सडक डिभिजन जुम्लाको चालु आवको नौ महिनामा पुँजीगत खर्च २६ प्रतिशत
२०८३ बैसाख १८, शुक्रबार
पर्वले सामाजिक एकता कायम राख्न सहयोग पुग्छ : राष्ट्रपति पौडेल
२०८३ बैसाख १८, शुक्रबार
टोखाका सबै वडामा ‘मेयर दीर्घायु स्वास्थ्य कार्यक्रम’
२०८३ बैसाख १८, शुक्रबार
राष्ट्रपतिद्धारा बुद्ध जयन्तीको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार
सरकारी अस्पतालमा आज ओपिडी सेवा सञ्चालन हुने
२०८३ बैसाख १८, शुक्रबार
उपराष्ट्रपतिद्धारा बुद्ध जयन्ती, उभौली र श्रमिक दिवसको शुभकामना
२०८३ बैसाख १८, शुक्रबार