बैसाख ७, २०८२ आइतबार April 20, 2025

रास्वपा सचिवालय बैठक आज पनि बस्दै

आगामी वैशाखमा गरिने महाधिवेशन र जनयात्राका विषयमा छलफल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा दिउँसो बस्ने भएको हो।

बैठकमा वैशाखमा गरिने महाधिवेशन र जनयात्राका विषयमा छलफल हुने छ। यसअघि, बुधबार बसेको सचिवालय बैठकले पार्टी सभापति रवि लामिछानेको चैत २२ गते राति भएको गिरफ्तारी कानुनको उचित प्रक्रिया विपरीत रहेको ठहर गरेको थियो।

बैठकमा लामिछानेमाथि राज्यको निर्मम प्रतिशोध रहेको र उनीमाथि भएको प्रहरी दमन र मानवअधिकार उल्लङ्घनका घटनाका सन्दर्भमा राष्ट्रिय मानवअधिकार आयोगलाई सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न पार्टीको तर्फबाट प्रेसित गरेको पत्र प्रस्तुत गरिएको थियो।

यस्तै रास्वपाले केन्द्रीय समिति बैठकसमेत आह्वान गरेको छ। बैठक आगामी बैशाख ४ गते केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेगरी बोलाइएको छ।

बैठकमा बदलिँदो राजनीतिक परिस्थितिमा जनयात्रा कार्यक्रमको स्वरूप, राष्ट्रिय महाधिवेशन, पदाधिकारीहरूको प्रदेश हेर्ने जिम्मेवारीलगायत विषयमा निर्णय गरिने बताइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार
४ घन्टा पछि छाडिए राजेन्द्र लिङदेनसहितका नेता
२०८२ बैसाख ७, आइतबार