असार २३, २०८२ सोमबार July 7, 2025

स्ववियु निर्वाचन : दुर्गालक्ष्मी क्याम्पसमा नेविसंघका महरा प्यानलसहित विजयी

कैलाली बहुमुखी क्याम्पसमा आज दिउँसो १ः३० बजेबाट मतगणना सुरु गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, चैत २८ गते । कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेपाल विद्यार्थी संघ (नेवि संघ) का भुवन महरा निर्वाचित हुनुभएको छ।

अखिल संयुक्त प्यानलका उम्मेदवार बमबहादुर विश्वकर्मालाई पराजित गरी महरा स्ववियु सभापतिमा निर्वाचित हुनुभएको हो । दुर्गालक्ष्मीको स्ववियु सभापतिमा उहाँको यो लगातार दोस्रो जित हो । विजयी महराले ४४१ र पराजित विश्वकर्माले ३७८ मत प्राप्त गर्नुभयो । यसैगरी, सचिवमा नेवि संघकी ज्योती साहु ४७४ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका गणेशनाथ योगीले ३२६ मत प्राप्त गरी पराजित हुनुभएको छ ।

त्यस्तै कोषाध्यक्षमा नेवि संघका सोनिया शाह ४४५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी दिपिका जोशीले ३५१ मत प्राप्त गर्नुभयो । बुधबार भएको स्ववियुको निर्वाचनमा जम्मा ८३१ मत परेको थियो ।

यसैबिच प्रदेशकै सबैभन्दा ठुलो कैलाली बहुमुखी क्याम्पसमा आज दिउँसो १ः३० बजेबाट मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया