असार २१, २०८२ शनिबार July 5, 2025

बाह्र वटा मुद्दामा पुनरावेदन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः विगतमा आफूले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलामा चित्त नबुझेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

नेपाल क्रेडिट एन्ड कमर्स बैङ्कसँग मर्ज भइसकेको साबिक एपेक्स डेभलपमेन्ट बैङ्कसँग मर्ज भएको रोयल मर्चेन्ट बैङ्किङ एन्ड फाइनान्सका सञ्चालक, पदाधिकारी तथा कर्मचारीको मिलेमतोमा भएको आर्थिक अनियमिततासँग सम्बन्धित मुद्दामा पुनरावेदन गरिएको हो । १२ वटा भनिए पनि पुनरावेदन गरिएका सबै मुद्दा रकम हानिनोक्सानी गरी भ्रष्टाचार गरेको विषयसँग सम्बन्धित छन् ।

मुद्दाका प्रतिवादीहरू पनि अधिकांश एकै थरी व्यक्ति छन् । आयोगले पुनरावेदनमा छविरमण अधिकारी, वसन्त मल्ल, मधुवनलाल श्रेष्ठ, मधुरलाल सिन्या, भरतकाजी श्रेष्ठ, रिता वादे श्रेष्ठ (सेवाचार्य), लोकेन्द्रमान कर्माचार्य, सुरज श्रेष्ठ, प्रदीपबहादुर कर्माचार्य, विकास श्रेष्ठ, देवराज ढुङ्गाना, भैरवप्रसाद भेटवाललगायतलाई प्रतिवादी बनाएको छ ।

यी सबै मुद्दाको विशेष अदालतबाट २०८० फागुन १० गते फैसला भएको थियो तर उक्त फैसला त्रुटिपूर्ण रहेकाले बदर गरेर प्रतिवादीलाई आफ्नो माग दाबी अनुसार जरिबाना तथा सजाय हुनुपर्ने आयोगले माग गरेको छ ।

जडीबुटीका कर्मचारीविरुद्ध मुद्दा

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड शाखा कैलालीमा कार्यरत प्रेमबहादुर रावलविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर भएको छ ।

माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाइस्कुल एन्ड इन्टरमिडिएट एजुकेसन युपीको हाइस्कुल परीक्षा उत्तीर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी बढुवा नियुक्ति लिएको आरोपमा अख्यिार दुरुपयोग अनुसन्धान आयोगले रावलविरुद्ध बिहीबार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार रावलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरी परेपछि अनुसन्धान भएको थियो । अनुसन्धानका क्रममा रावलले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको थियो । रावलविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको माग गरिएको छ ।  गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
मुलुकमा गणतन्त्रको स्थापना गर्न स्व. कोइरालाको भूमिका महत्त्पूर्ण छः सभापति देउवा
२०८२ असार २१, शनिबार
देशभरका सात वटा सडक पूर्ण रूपमा अवरुद्ध
२०८२ असार २१, शनिबार
‘भ्रष्टाचारमा दलका नेता नै जोडिँदा लोकतन्त्रको बद्नाम भयो’ – सभामुख बिष्ट
२०८२ असार २१, शनिबार
आयुर्वेद उपचार पद्धतिलाई प्राथमिकता दिनुपर्नेमा जोड
२०८२ असार २१, शनिबार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि नेपालले जित्यो
२०८२ असार २१, शनिबार