बैसाख ९, २०८२ मंगलबार April 22, 2025

गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा तिवारी नियुक्त

पोखरा महानगरपालिका–३१ का तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडिन हुन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले तिवारीलाई नियुक्त गरेका हुन् ।

विश्वविद्यालय न्यासिक परिषद् अध्यक्ष समेत रहेका छनोट समिति संयोजक प्राडा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा. यमुना घले समितिमा रहेका थिए । कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो ।

पोखरा महानगरपालिका–३१ का तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडिन रहेका छन् ।

नेपालको पहिलो प्रदेश विश्वविद्यालयका रूपमा गण्डकी विश्वविद्यालय रहेको छ । यसले गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेशसभाबाट २०७६ असोज २७ मा पारित भएसँगै विश्वविद्यालयको मान्यता पाएको थियो ।

विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक (बिएसएम), सूचना प्रविधिको स्नातक (बिआइटी) ब्याचलर अफ फार्मेसी (बिफार्म), ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बिबिए), ब्याचल अफ आट्र्स ब्याचलर अफ ल (बिएएललबी) र मास्टर अफ इन्फर्मेसन टेक्नोलोजी–आर्टिफिसियल इन्टेलिजेन्स (एमआइटी एआई) विषयहरूको अध्ययनअध्यापन हुँदै आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया