बैसाख ७, २०८२ आइतबार April 20, 2025

स्वास्थ्य शिक्षा संघमा प्राडा कमल

गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल स्वास्थ्य शिक्षा संघको केन्द्रीय अध्यक्षमा प्राडा कमल गौतम निर्वाचित भएका छन्। संघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट गौतमको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो।

कार्यसमितिका सदस्यहरूमा निवर्तमान अध्यक्ष प्राडा भीमसेन देवकोटा, डा. कल्पना ज्ञवाली, डा. भगवान अर्याल, डा. यदुराम उप्रेती, तोयानाथ पहाडी, भगवती शर्मा र अनुप अधिकारी चयन भएका छन्। यस्तै, प्रदेश प्रतिनिधि सदस्यको रूपमा कोशी प्रदेशबाट खेमकुमार भुर्तेल, मधेश प्रदेशबाट अनिल मण्डल, बागमती प्रदेशबाट सुरक्षा रेग्मी सापकोटा, गण्डकी प्रदेशबाट रमेश थापा, लुम्बिनी प्रदेशबाट खिमानन्द भण्डारी, कर्णाली प्रदेशबाट डा. बेलपत्रनाथ योगी र सुदूरपश्चिम प्रदेशबाट माला भण्डारी सर्वसम्मत रूपमा चयन भएका छन्।

अधिवेशनकै अवसरमा भएको स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतन अभिवृद्धि विषयमा भएको दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन पनि सम्पन्न भयो। सम्मेलनमा नेपाल, भारत, बेलायत, अमेरिकालगायतका स्वास्थ्य शिक्षाका विज्ञहरूले ३० वटाभन्दा बढी कार्यपत्र र पोष्टर प्रस्तुत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार