बैसाख ७, २०८२ आइतबार April 20, 2025

शिक्षक महासङ्घका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

शिक्षकका माग सम्बोधन गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १ वैशाखः नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उहाँले शिक्षकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको हो ।

“सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?” सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेख्नुभएको छ, “यदि सरकारले १–२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ ।”

महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । विगतमा महासङ्घसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गर्नुभएको छ ।

“पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो”, उहाँले भन्नुभएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लायन्स क्लबको क्याबिनेट अफिसर्स प्रशिक्षण पोखरामा हुँदै
२०८२ बैसाख ७, आइतबार
मनाङमा सार्वजनिक बस सेवा सञ्चालन सुरु
२०८२ बैसाख ७, आइतबार
राजदूत रीता धिताल तुर्कियका लागि नेपालको गैर आवासीय राजदूतमा नियुक्त
२०८२ बैसाख ७, आइतबार
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
२०८२ बैसाख ७, आइतबार
दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न २११ खर्ब ६५ अर्ब लगानी आवश्यक पर्ने
२०८२ बैसाख ७, आइतबार
प्रधानमन्त्री ओलीसँग `मेरो डान्स युनिभर्स´ टिमको भेटघाट
२०८२ बैसाख ७, आइतबार
निरङ्कुशताको कुरा गर्छ भने त्यो आन्दोलन होईन, अपराध हो : अध्यक्ष प्रचण्ड
२०८२ बैसाख ७, आइतबार