फागुण ४, २०८२ सोमबार February 16, 2026

कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने शिक्षक महासंघको निर्णय

मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल शिक्षक महासंघले जारी शिक्षक आन्दोलनलाई अझ सशक्त बनाउने निर्णय गरेको छ ।

आज बसेको आन्दोलनरत राष्ट्रिय शिक्षक महासंघको पदाधिकारी बैठकले मागहरु सम्बोधन नभएसम्म आन्दोलनलाई थप शशक्त बनाउने  निर्णय गरेको हो ।

बैठकले यही बैशाख ११ गतेबाट कक्षा १२ को परीक्षा कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेको राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भयो ।

योसँगै कक्षा १२ को परीक्षा, के हुने भन्ने विषयमा अनिश्चिता बढेको छ ।

आन्दोलनसँगै सरकारसँगको संवादलाई पनि निरन्तरता दिने महासंघको निर्णय छ । शिक्षकहरुले  राजधानी काठमाडौँमा आज १३औँ दिन पनि आन्दोलन जारी राखेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया