श्रावण २०, २०८३ बुधबार August 5, 2026

हेमन्त र देवी घर्तीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक

गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । गायक तथा संगीतकार हेमन्त कान्छा रसाइलीको नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।

जानै लाग्यो वैँश रिमई' भन्दै आए हेमन्त र लक्ष्मी – Dcnepalराजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ। गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ।

एकिन्द्र शाराशंकरको निर्देशन रहेकाे भिडियोमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ ।

भिडियो हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया