असार २३, २०८२ सोमबार July 7, 2025

कानुन विषय अध्यन गर्दै थारू समुदायका छात्रा

कानुन विषय पढ्न रु चार लाखको हाराहारी खर्च लाग्छ ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तुलसीपुर (दाङ), ७ वैशाख : दाङ तुलसीपुर उपमहानगरपालिका–१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो । घरको अवस्था निकै कमजोर थियो । घरबाट उहाँको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ । तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उहाँलाई घरपरिवारको पूर्ण समर्थन छ । अहिले उहाँले ‘कानुन’ विषय पढिरहनुभएको छ । “मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, “तर, मैले इच्छा राखेपछि घरबाट जसरी पनि पढाउने बचन दिएपछि अहिले मैले कानुन विषय पढिरहेकी छु ।”

तुलसीपुर उपमहानगरपालिका–१२ स्थित एक निजी कलेजमा कानुन विषयमा स्नातक (बिएएलएलबी) पढाइ सुरु भएपछि अहिले उहाँ त्यही पढिरहनुभएको छ । उहाँको एउटै इच्छा छ अधिवक्ता (लयर) बन्ने । “सकेसम्म न्यायाधीश बन्ने इच्छा हो, त्यो सकिएन भने पनि अधिवक्ता बन्ने ठूलो धोको हो”, उहाँले भन्नुभयो ।

तुलसीपुर–११ निवासी सरु चौधरीको पनि अवस्था उस्तै नै हो । उहाँलाई घरबाट पढाइ खर्च पुर्याउन हम्मेहम्मे पर्छ । तर, उहाँको इच्छा कानुन विषय पढ्नै रह्यो र घरपरिवारले पनि समर्थन गरेपछि अहिले उहाँले कानुन विषय पढिरहनुभएको छ । उहाँहरू दुवै जनाले अहिले आठौँ सेमेस्टरको अध्ययन गरिहनुभएको छ ।

दाङ थारू समुदायको बाहुल्यता भएको जिल्ला हो । तर, दाङमै कानुन विषय पढेका महिला विरलै छन् । यसले पनि उहाँहरूलाई कानुन विषय पढ्ने कुराले झक्झक्यायो । “कानुन पढेका थारू समुदायका महिला त थुप्रै हुनुहुन्छ, तर, महिलाहरु विरलै भएकाले पनि हामीले कानुन विषय पढ्ने इच्छा राखेका हौँ”, भन्नुभयो । कानुन विषय पढ्न रु चार लाखको हाराहारी खर्च लाग्छ ।

उहाँहरूलाई हौसला दिने काम गर्नुभएको छ, तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले । उहाँले आर्थिक तथा अन्य सहयोग गर्दै आउनुभएको छ । जिल्लामा कानुन विषय पढेका महिलाको सङ्ख्या विरलै छ । त्यसैले महिलाले पनि कानुन पढ्नुपर्छ भनेर मैले सुरुदेखि नै सहयोग गर्दै आएकी छु”, उहाँले भन्नुभयो, “मेरै पहलमा उनीहरूलाई कानुन पढ्न लगाएको र पढाइका लागि नियमित सहयोग गरिरहेको छु ।”

कानुन पढ्नेलाई मात्र होइन, अन्य विद्यार्थीलाई पनि सहयोग गरेको उहाँले बताउनुभयो । तुलसीपुर–१० निवासी निरा चौधरी, आशा चौधरी, प्रमिला चौधरी, सन्ध्या पौडेललाई पनि पढ्नका लागि आर्थिक सहयोग गर्दै आउनुभएको छ । विगत लामो समयदेखि उहाँले आर्थिकसहित शैक्षिक सामग्रीलगायत सहयोग गर्दै आउनुभएको छ । उहाँले यस्ता आर्थिक अभाव भएका विद्यार्थीलाई सहायता दिँदै आएको बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार