असार २३, २०८२ सोमबार July 7, 2025

सामुदायिक विद्यालयमा पठनपाठन सुरु गर्न बूढानीलकण्ठ नगरपालिकाको निर्देशन

बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएको नगरपालिकाको परिपत्रमा उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः राजधानी काठमाण्डुस्थित बूढानीलकण्ठ नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई बिहीबारदेखि पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।

नगरपालिकाले बुधबार परिपत्र गर्दै बिहीबारदेखि नियमित पठनपाठन सुरु गर्न नगरभित्रका रहेका सबै सामुदायिक विद्यालयलाई निर्देशन दिएको छ ।

नगरपालिकाले शिक्षककै सहभागितामा वैशाख ४ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन प्रारम्भ गर्ने गरी शैक्षिक कार्यपात्रो निर्माण गरेको र नगर शिक्षा समितिको २ गतेको निर्णयबाट कार्यपात्रोलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विद्यालयलाई निर्देशन दिने निर्णय गरेको जनाइएको छ ।

संस्थागत विद्यालयमा विद्यार्थी भर्ना र पठनपाठन प्रभावकारी रूपमा सुचारु भइरहेकै समयमा सामुदायिक विद्यालयका शैक्षिक गतिविधिहरू नियमित रूपमा अगाडि बढ्न नसकेका कारण नगरपालिकाले शैक्षिक सुधार, विकास र उन्नयनको लागि अघि बढाएका शैक्षिक कार्यक्रमको कार्यान्वयनमा अवरोध खडा भएकाले बालबालिकाको शिक्षा प्राप्त गर्ने नैसर्गिक हक कुण्ठित भएको नगरपालिकाको परिपत्रमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार