काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को संशोधित समयतालिका बुधबार सार्वजनिक गरेको छ ।
बोर्डले सार्वजनिक गरेको संशोधित कार्यतालिका अनुसार वैशाख २१ गतेदेखि परीक्षा सुरु हुँदैछ । परीक्षा समय बिहान ८ देखि ११ बजेसम्म तय भएको छ ।
वैशाख ११ गतेदेखि कक्षा १२ को साधारण र परम्परागत धारतर्फका नियमित तथा आंशिक हुने एवम् प्राविधिक धारतर्फका नियमित तथा आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षाको समयतालिका विशेष कारणवश संशोधन भएको बोर्डले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया