कार्तिक ११, २०८३ बुधबार October 28, 2026

साहित्यकार राईको ‘जार’ कथामा आधारित चलचित्र सार्वजनिक हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १५ वैशाखः साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्र ‘जार’ आफ्नो लागि विशेष रहेको अभिनेता सौगात मल्लले बताउनुभएको छ । यही वैशाख २६ देखि सार्वजनिक प्रदर्शन हुने सो चलचित्रको प्रचारप्रसारका क्रममा अभिनेता मल्लले साहित्यकार राईले लेख्नुभएको कथा मन परेकाले रङ्गमञ्चमा धेरै पटक अभ्यास गरेको बताउनुभयो ।

“यो कथाको विभिन्न पात्रका बारेमा धेरै पटक कल्पना गरेको छु, खासमा मैले पहिल्यै यो कथा पढेको थिएँ । त्यतिबेला कथाको पात्रजस्तो हालत भयो भने के हुन्छ होला भन्ने लाग्थ्यो । असाध्यै मन परेपछि अभिनय गरेको यो चलचित्र कहिले चल्ला भनी पर्खी बसिरहेको छु”, अभिनेता मल्लले भन्नुभयो ।

उहाँले यो चलचित्रलाई लिएर सम्पूर्ण समूह नै उत्साहित रहेको बताउनुभयो । छायाङ्कनदेखि प्रदर्शन हुने समय नजिकिँदै गर्दा अर्का अभिनेता अनुपविक्रम शाही निकै उत्साहित रहेको अभिनेता मल्लले महसुस गर्नुभएको छ ।

“छायाङ्कनको समयमा हाम्रो बसाइ नजिकै थियो, रातभर अभिनेता शाहीले आफ्नो भूमिकाको अभ्यास गर्नुहुन्थ्यो । उहाँले यस्तो मेहनत यसअगाडि गरेको थाहापाएको छैन । यसकारण यो मेरा लागि मात्र नभई सबै कलाकारका लागि खास छ”, अभिनेता मल्लले भन्नुभयो ।

सन् १८०० को दशकमा नेपाली समाजमा घटेको यथार्थ घटनामा आधारित चलचित्रमा काम गर्ने आफ्नो सपना पूरा भएको अभिनेता शाहीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मैले कलाकारिताको यात्रामा सबैभन्दा बढी मेहनत गरेको ‘पात्र’ यही हो । किनकि यसमा मैले आफ्नो व्यक्तित्वलाई परिवर्तन गर्नाका साथै लवजमा समेत काम गरेको छु । यो मैले अभिनयका लागि सम्झिने चलचित्र बनेको छ ।”

चलचित्रमा अभिनेताद्वय मल्ल र शाहीसँगै अभिनेत्री गिताञ्जली थापा मुख्य भूमिकामा हुनुहुन्छ । निर्देशक फुर्वाछिरिङ लामाले साहित्यकार राईको कथाअनुसार चलचित्र तयार भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले कथा पढेका पाठकको भावनालाई ध्यानमा राखेर चलचित्र तयार गरेका छौँ । यो कथा पढ्नुभएका र नयाँ दर्शक दुवैलाई हुने किसिमले चलचित्र तयार गरेका छौँ । यसको पात्रलाई कलाकारले जीवन्त बनाउन गर्नुभएको मेहनतले म जस्तो नयाँ चलचित्रकर्मीलाई ऊर्जा मिलेको छ ।”

उक्त चलचित्र निर्माण गर्न करिब चार वर्ष लागेको निर्देशक लामाले जानकारी दिनुभयो । भारतको सिक्किममा छायाङ्कन गरिएको सो चलचित्रको अखिलेश राईले सम्पादन तथा झुमा लिम्बू र गङ्गा थापाले सङ्गीत सृजना गर्नुभएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधान सेनापतिद्धारा बढुवा भएका अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान
२०८३ कार्तिक ११, बुधबार
एसईईका लागि परीक्षा आवेदन फारम खुला (सूचना सहित)
२०८३ कार्तिक ११, बुधबार
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार