असार २३, २०८२ सोमबार July 7, 2025

लायन्स कप भलिबलः इरानी टोली सेमिफाइनलमा, भारतीय टोलीसँग आर्मी पराजित

अब समूह ‘ए’ अन्तर्गत गण्डकी र एपीएफबीचको अन्तिम खेलले दोस्रो सेमिफाइनलिस्ट टुंग्याउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १९ वैशाख । पोखरामा जारी प्रथम लायन्स कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा इरानी टोली सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ भने भारतीय टोलीसँग पराजित हुँदै त्रिभुवन आर्मी क्लब दबाबमा परेको छ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एम नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा इरानी टोलीले गण्डकी प्रदेशलाई ३–१ को सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। इरानी टोलीले पहिलो सेट २५–१४ ले जिते पनि दोस्रो सेटमा गण्डकीले २५–१७ को जित दर्ता गरेको थियो। तर, तेस्रो (२५–१८) र चौथो सेट (२७–२५) आफ्नो पक्षमा पार्दै इरानी टोलीले जित सुनिश्चित गर्‍यो।

यसअघि इरानी टोलीले सशस्त्र प्रहरी बल (एपीएफ) लाई पनि ३–१ को सेटमा हराएको थियो। अब समूह ‘ए’ अन्तर्गत गण्डकी र एपीएफबीचको अन्तिम खेलले दोस्रो सेमिफाइनलिस्ट टुंग्याउनेछ।

समूह ‘बी’ अन्तर्गत भएको दोस्रो खेलमा भारतीय टोलीले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै बलियो पुनरागमन प्रदर्शन गर्‍यो। पहिलो सेट २५–२३ ले गुमाएको भारतीय टोलीले दोस्रो र तेस्रो सेट २५–२१ ले र चौथो सेट रोमाञ्चक २८–२६ ले जितेर खेल आफ्नो पक्षमा ल्यायो। अब आर्मी र नेपाल पुलिस क्लबबीचको खेलबाट अर्को सेमिफाइनलिस्ट टुंगो लाग्नेछ।

शनिबार (भोलि) पहिलो खेल दिउँसो १२:३० बजे गण्डकी बनाम एपीएफ हुनेछ भने दोस्रो खेल नेपाल पुलिस बनाम आर्मी को हुनेछ।

प्रतियोगिताका विजेताले रु. ४,४४,४४४, उपविजेताले रु. २,४४,४४४ तथा तेस्रो हुने टोलीले रु. १,४४,४४४ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीलाई रु. १४,४४४ र विधागत उत्कृष्टहरूलाई रु. ८,४४४ नगद प्रदान गरिनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार