असार २३, २०८२ सोमबार July 7, 2025

यसरी यौन सम्पर्क गर्नुहोस गर्भ रहँदैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः यौन मानवीय र जिवित प्राणीको नैसंर्गीक आवश्यकता नै हो । मानिसलाई खानपानको जरुरी भएजस्तै सेक्सको पनि उत्तिकै मात्रामा आवश्यकता पर्छ । तर सेक्सका पनि चरण र प्रक्रियाहरु हुन्छन् । विबाहिताले गर्ने सेक्स र अविवाहिताले गर्ने सेक्समा जोखिम र चुनौताहरु उत्तिकै मात्रामा अघि पछि हुन्छन् ।

सेक्समा रोमान्स र आनन्दको कुरा त छँदैछ । यससँगै सेक्स गर्दा गर्भ रहन नरहने तरिका अधिकांशको मनमा उब्जिने कुरा हो । गर्भ राख्नु भनेको धेरै कुराको तालमेल मिलाउन सक्नु पनि हो । कतिपय स्थितिमा पहिलो वा एक मात्र यौनसम्पर्कमा नै गर्भ रहन्छ, तर कतिपय अवस्थामा लामो समयसम्म पनि गर्व नरहन सक्छ ।

यौनसम्पर्क का बेला पुरुषको वीर्यस्लखलन हुँदा निस्किएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बबाहिनी नलीमा पुग्छन् । २८ दिनको महिनावारी भएको महिलाको १४औं दिनतिर डिम्ब निस्कने भएकाले त्यतिबेला यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना एकदमै धेरै हुन्छ । तर त्यही अनुपातमा अगाडीका दिनमा विर्य नै योनिमा स्खलन गर्दा पनि गर्व रहने सम्भावना अत्यन्तै न्युन हुन्छ ।

डिम्ब निस्किएको यस्तै २४ देखि ४८ घण्टासम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिकोणले असुरक्षित काल मानिन्छ ।

सामान्यतः महिनावारीको नवौं दिनमा यौनसम्पर्क गर्दा गर्भ रहने सम्भावना न्यून हुन्छ । महिनावारी ठीक २८ दिनमा नभै ढिलो चाँडो हुन्छ भने केही सोच्नुपर्ने हुन्छ । सुरक्षित काललाई नै गर्भनिरोधका रुपमा प्रयोग गर्ने हो भने कम्तीमा पनि ६ महिनासम्मका महिनावारीका दिनहरू लिनुपर्छ ।

सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने, २४,१८, ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार