जेठ ६, २०८१ आइतबार May 19, 2024

आजको २१ ‌औं शताब्दीको काँग्रेसीहरुले निर्वाचनबाट नै नेतृत्वको छिनोफानो गर्नेछन् – डा. राजाराम कार्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बिश्व महामारिको रुपमा फैलिएको कोभिड-१९ लाइ कसरि हेर्नुभएको छ ?

हेर्नुस् अब यो धेरै ठुलो समस्या हो । कुनै पनि ठाउमा यसले एउटा त्रास सिर्जना गरेको छ् । हालसम्म यसबाट करौडौ मानिसहरु प्रभाबित भैइरहेका छ्न । भने लाखौं लाख मानिसहरुको ज्यान गैइसकेको छ् । यो एउटा ठुलो समस्या हो । यो एउटा भाइरस डिजिट पनि हो । यसको लागि न तभ्याक्सिन पत्ता लागेको छ, न कुनै औषधि पत्ता लागेको छ, यसबाट बच्ने उपाय भनेकै सामाजिक दुरि कायम गर्ने, सर्न नदिने, मोस्टअफ ट्रान्समिसन हुन नदिने कुनै पनि मानिसले खोक्दा हाछिम गर्दा  उसबाट किटाणुहरु आइरहेका हुन्छ्न ति किटाणुहरु केहि घण्टासम्म जिबित रहन्छ्न । तेसबाट पनि कोरोनाको जोखिम हुन सक्छ तेसबाट जोगिने, तेहि नै छ, समस्या अब आशा गरौं चाडैभन्दा चाडै भ्याक्सिन तयार होस, कुनैपनि ठुलो समस्या आउदा तेसको साथमा अबसर पनि आउछ् । त्यो अबसर भन्नाले यो समस्यासगं जुध्नको लागि बिस्वभरको बैग्यानिकहरुले बिभिन्न खोज, अनुसन्धान, र अध्यन गरेर आफुलाइ प्रमाणित गर्ने अबसर प्राप्त गरेका छ्न् । यसको औसधि पत्ता लगाउने अबसर र चुनौति दुबै बिस्वसामु छ् ।  यसको औसधि र भ्याक्सिन चाडै नै पत्ता लाग्ने कुरामा म आशाबादि छु ।

विश्व महामारिको समयमा पनि नेपाल सरकारको भुमिकालाइ लियर सर्बत्र आलोचना भैरहेको बेलामा तपाँइ र तपाँइको पार्टिलाई चित्तबुझेको छ ?

हेर्नुस चित्त बुझेको छ, भन्न पनि मिल्दैन र चित्त बुझेको छैन भन्न पनि मिल्दैन, सुरुमा सरकार चुकेपनि हाल आयर केहि हदसम्म सरकारले केहि काम गरेको छ भनेर भन्न पर्यो । तर समस्या यस्तो छ कि यस्तो बेलामा पनि सरकारले मेडिकल सामानमा अनियमितता गरेको कुरा एकदमै दुखदायि भयको छ । सरकार यति बेला सेन्स अफ जस्टिस मा हुनुपर्ने बेला अनियमितता गर्ने ब्यक्तिलाइ हतोत्साहित गरेर कडा कार्बाहि गर्नुपर्ने बेलामा सरकारलेनै त्यस्ता ब्यक्त्तीलाई जोगाउनु एकदमै दुखद कुरा हो ।

तपाँइ र तपाँइको पार्टिले यसको प्रभावकारि बिरोध गर्न सक्नु भएन नि ?

तपाँइहरु सन्चार माध्यम , देस बिदेशमा रहनु भएका सम्पुर्ण नेपालिहरुले एसको बिरुद्दमा आबाज उठाउनुभएको छ , हाम्रो पार्टिले पनि उठाइरहेको छ र मैले ब्यक्त्तिगत रुपमा पनि प्रदेस सभामा आबाज उठाइरहेको छु । यस्तो बेलामा हाम्रो पार्टिले समिति नै बनायर बिभिन्न कोस स्थापना गरि सहयोग गरिरहेको छ् । म र मेरो पार्टीले सकंटको बेला सरकारको विरोध भन्दापनि जनतालाई कसरी निकास दिन सकिन्छ भनेर सोचेको र लागेको चाही पक्कै हो । यस्तो अनियमितताको लागी जनतालेनै सजाय दिनेछन, भन्ने मेरो मान्यता रहेको छ ।

तपाँईको प्रदेशसभामा सांसद भएपछिको भुमिका कस्तो रह्यो ?

हेर्नुस पार्टीको सबै केन्द्रिय कमिटीमा नेबिसंघ, तरुण दलमा बसेर काम गरियो । सबै मिलेर मात्र देश बनाउन सकिन्छ । पार्टी भन्दा राष्ट्र ठुलो हो, नेता पार्टी भन्दा ठुलो हुन सक्दैन नेता जनताप्रती जनउत्तरदायी हुनुपर्छ । त्यसैले राष्ट्रिय हितमा सबैले काम गर्नुपर्छ भन्ने मलाई लाग्छ । तेसैले मैले प्रदेश सभामा जनताको हितमा रहेर काम गरेको छु । र यसको मुल्यांकन मैले भन्दा नी आमनागरीकले हेरिरहेकोले यो प्रश्न आमनागरिकहरुलाई सोध्दा उचित हुने म ठान्छु ।

हजुरको समाजसेवा र पेशालाई हेर्दा राजनीतीलाई पेशा बनाउनु हुदैन भन्ने हो ?

हो मेरो धारणामा राजनीती भनेको पेशा हैन । विसुद्ध समाजसेवा हो,  हरेक राजनितीज्ञले यसलाई समाजसेवाको रुपमा लिनुपर्छ,  मेरो हकमा भन्नुहुन्छ, भने मैले विर अस्पताल, टिचीङ्ग अस्पताल लगायतमा काम गरेर आफ्नो गुजारा चलाए । मैले हालको समयमा पनी विभीन्न ठाउँमा जस्तो भनौं,  तिस हजार लाग्ने अप्रेशनलाई मैले दश हजारमा पनि अप्रेशन गरेर सेवा गरिरहेको हुन्छु, र आफ्नो गुजारा चलाईरहेको छु, प्रदेशसभामा पनी मैले पाउने तलब विभीन्न स्कुल तथा गरीब बेसाहारा मानीरहरुलाई बाडिरहेको हुन्छु, त्यसकारण राजनीति निस्वार्थ समाजसेवा हो भन्ने मलाई लाग्छ ।

कोभिड-१९ ले देशमा ठुलो सकंट उत्पन्न भईरहेको छतपाई चिकित्सक पनि हुनुहुन्छ, सांसद पनि हुनुहुन्छ समयलाई कसरी ब्यबस्थापन गर्नुभएको छ ?

हेर्नुस सबै मानिसको लागी चौविस घण्टा हुन्छ, बैज्ञानीक अलेष्ट्राइनको लागी पनी चौविस घण्टा थियो, महात्मा गान्धी, विपी कोईरालासंग पनि तेही चौविस घण्टा नै थियो । त्यसकारण समय भनेको व्यबस्थापन हो, मैले समयलाई कामको महत्वपुर्ण हेरेर छ्ट्याउने  गर्दछु । मेले तपाँईलाइ बताउनुपर्दा म एम. वि.विएस पढ्दाखेरी फाइनल परिक्षा आउदां खेरी म जेल परे । पञ्चायत कालमा म पांच पटक जेल परेको छु । तेतीबेला अर्थात पांच वर्षको समयमा मैले १३ वटा किताब लेखेको छु । त्यो किताब बेचेर, अनि एमविविएस को तयारी कक्षा संचालन गरेर कमाएको पैसाले मैले एमविविएस पास हुनेलाई गोल्ड मेडलको ब्यबस्था गरे । त्यसकारण मैले तेतिबेला त समयको व्यबस्थापन गरेर समाजसेवा गर्थे भने पछि अहिले त देश नै संकटमा छ यति बेला हामीले तन मन लगाएर काम गर्नुपर्छ भन्ने लाग्छ । मनैदेखी समाजसेवा गर्ने साहस भएपछि समय व्यबस्थापन हुन्छ भन्ने मलाई लाग्छ ।

तपाँईको विपी कोईरालको राजनीतिबाट प्रभावित भएको मानिस, समाजसेवा पार्टीमा दिएको योगदान लगायतलाई मुल्यांकन गर्दा अहिले जुन हैसियतमा हुनुहुन्छ, त्यो कम भयो जस्तो तपाँईलाइ लाग्दैन ?

हैन हेर्नुस त्यो समय आउला म भनेको समाज सेवा नै राजनीति हो, भनेर लागेको मानिस हो । मलाई यसमा के लाग्छ भने जो यस देशमा मन्त्री, प्रधानमन्त्री बन्नेहरु, उहाँहरु योग्य, सक्षम भैदिए हुन्थ्यो भन्ने लाग्छ, सबैलाई समान भावनाले हेर्ने, अदम्य साहस, भष्टाचारको अन्त्य, गरेर राष्ट्रलाई निकास दिने  खालको नेर्तृत्व होस । म त्यति असन्तुष्टी भएको मानिस पनी हैन । मलाई देश र जनताले जुन हैसियतमा राख्छन म त्यसलाई सहर्ष स्वीकार गरी अगाडी बढ्ने मानिस हो । मेरो लागी पद भन्दा सेवा ठुलो हो ।

नजिकिदै गरेको महाधिबेशनले पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म सक्षम नेतृत्व चयन होला भन्ने कुरामा तपाँई ढुक्क हुनुहुन्छ ?

नेपाली काँग्रेस एउटा लोकतान्त्रीक अभ्यासबाट नेतृत्व चयन गर्ने पार्टी हो । नेपाली काँग्रेसका सबै नेता तथा कार्यकर्ताहरु सक्षम छन,  बुझेका छन, सबेले कामको मुल्यांकन गरेका छन । खास गरेर नेतृत्वले बहुमतको कदर, अल्पमतको कदर र ब्यक्त्तीको हैन विधीको शासन अवलम्वन गरेर पार्टीलाई अगाडी बढाउनु पर्छ, त्यसको लागी आम नेता तथा कार्यकर्ता सक्षम छन, उनिहरुले सक्षम नेर्तृत्वनै चयन गर्नेछन् यसमा कुनै दुईमत छ जस्तो मलाई लाग्दैन ।

तपाँईको पार्टी सभापतीले महाधिवेशनको ६ महिनभित्र गठन गरिसक्नुपर्ने विभागलाई महाधिवेशनको मुखैमा धमाधम विभागहरु गठन गरेर नेतृत्व चयन गर्नुभएको विषयलाई कसरी लिनुभएको छ ?

अव हेर्नुस यो प्रश्न एकदमै सही छ, तर कतिपय सवालमा उहाँसंग पनि केही बाध्यता होला, बाहिरबाट निष्पक्ष रुपमा हेर्दा पार्टीको कुनै विभागपनी गठन नगर्दा कांग्रेसलाई ठुलो नोक्सान भएको छ, यसमै दुवै नेता बसेर समयमै ट्ग्यांउनु पर्ने हो, तर यसमा दुवै नेताको विवाद हुदां ठुलो क्षती पुगेको छ, यसलाई एउटा पाठको रुपमा लिएर आगामी दिनमा यस्तो गल्ती गर्न हुदैन भन्ने लाग्छ । जहांसम्म अहिले गठन गरेको विभाग र नेतृत्वको सवालमा भने पार्टी सभापति र नेताहरु बसेर सहमती गर्नुपर्छ ।

तपाँईको पार्टीभित्र एकाथरी नेता तथा कार्यकर्ताहरुले आगामी महाधिवेशनबाट पनि फेरी पुनः त्यो नेतृत्व दोहोरिएमा काँग्रेसलाई अव गाउँ-गाउँमा बत्ती बालेर खोज्नुपर्छ भन्छन नी ?

यो कुरा पार्टीभित्र जोडदार रुपमा उठाउनुपर्छ, तर, यो कुरा बाहिर-बाहिर उठाउने र भ्रम सिर्जना गर्ने काम भईरहेको छ । नेतृत्व चयन गर्ने कुरामा पार्टीको निर्वाचनमा भोट हाल्ने नेता, कार्यकर्तामा हुन आवश्यक छ, आजको २१ ‌औं शताब्दीको काँग्रेसहरुले निर्बाचनबाट नै यो कुराको छिनोफानो गर्नेछन । बाहिर बसेर यो मान्छे ठिक, यो बेठिक भन्नु भनेको राजनीतिज्ञ पुर्वाआग्रह हो भन्ने लाग्छ ।

अहिलेको महाधिबेशनमा हजुरको स्थान चाहीं कहां हुन्छ ?

यो कुरा आम कार्यकर्ताको हातमा छ, म तरुण दलको महासचिव थिए, नेविसंघमा आन्दोलको विभागिएको संयोजक, महाराजगञ्ज क्याम्पसमा ईकाइको संयोजक भए । यो सबै कार्यकर्ताको हातमा भएको कुरा हो,  यो भन्दा अगाडी म केन्द्रिय सदस्यमा उठिन, त्यो भन्दा अगाडी म १० भोटले हारे, त्यसैले यो सबै साथीहरुको निर्णय हो । म कांग्रेसको सामान्य सदस्य भएर समाजसेवा गर्ने उदेश्य हो । मलाई कुन तहमा लैजाने भन्ने कुरा कार्यकर्ताको हातमा भएको कुरा हो । त्यसैले मेरो यसमा कुनैप्रकारको गुनासाहरु छैन ।

अन्तयमा, कोभिड-१९ को महामारीलाई आम नागरीक तथा सरकारले अपनाउनुपर्ने सावधानीहरु के-के होलान?

एकदमै राम्रो प्रश्न गर्नुभयो । यसको लागी हामी सबैले के बुझ्नुपर्छ, भने अहिलेसम्म कोरोनाको लागी कुनै औषधि बनेको छैन, कुनै भ्याक्सिन बनेको छैन, यो कैले आउछ थाहा छैन, हामी कुरा गर्दा गर्दै कती मानीस सक्रंमित भएका होलान, कति मानिसको मृत्यु भएको होला, त्यसकारण सबैभन्दा महत्वपुर्ण कुरा भनेको यसलाई फैलनबाट रोक्नु हो । त्यसको लागी हामीले बिशेष गरेर दुईवटा कुरामा ध्यान दिनु आवश्यक हुन्छ, एउटा खोक्दा हाछ्यु गर्दा मुखबाट स-साना किटाणुहरु निस्केका हुन्छन जसबाट भाईरसका हजारौ लाखौ किटाणुहरु निस्केका हुन्छन । तेस्ता निस्केको किटाणुहरु भाईरस सक्रंमित छन भने एक ब्यक्त्तीबाट अर्को व्यक्त्तीमा सरिहाल्छ यसरी निस्केको किटाणुहरु चौविस घण्टासम्म पनि जिवीतै रहन्छन । दोस्रोकुरा माक्स र सेनिटाईजरको हरदम प्रयोग गर्नुपर्दछ । जुन कुरा सबै मिडिया पत्रपत्रीका हरुमा प्रसस्त मात्रामा प्रचार भईरहेको छ । खासगरी अहिले रोगले भन्दा पनी भोकले मर्ने डरले मानीसहरु काम गरिरहेका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया