भाद्र ५, २०८३ शुक्रबार August 21, 2026

रसुवाको लाङटाङ–क्यान्जिन पदमार्ग क्षेत्रमा नेपाल टेलिकमको फोर-जी सेवा

लाङटाङ–क्यान्जिन पदमार्गमा नेपाल टेलिकमको फोर–जी सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मुलुककै प्रसिद्ध पदयात्रा गन्तव्यहरूमध्ये एक, रसुवाको लाङटाङ–क्यान्जिन पदमार्ग क्षेत्रमा नेपाल टेलिकमले फोर–जी मोबाइल सेवा सुरु गरेको छ।

पर्यटक र स्थानीय बासिन्दाको सूचना पहुँच सुधार्ने, यात्राका क्रममा सांस्कृतिक, प्राकृतिक र भौगोलिक विविधताको अनुभव साटासाटमा सहजता ल्याउने उद्देश्यले काठमाडौंबाट सबैभन्दा नजिकको हिमाली पदमार्ग मानिने यस क्षेत्रमा सेवा विस्तार गरिएको टेलिकमले जनाएको छ।

करिब ३८ सय मिटर उचाइमा रहेको क्यान्जिन उपत्यकामा नयाँ BTS टावर जडान गरी सेवा सञ्चालनमा ल्याइएको हो। गोसाईंकुण्ड गाउँपालिका–४ स्थित स्याफ्रुबेशीबाट झण्डै दुई दिनको पदयात्रापछि पुगिने यो उपत्यका स्वदेशी तथा विदेशी पर्यटकहरूबीच अत्यन्तै लोकप्रिय छ।

लाङटाङ राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने क्यान्जिनमा फोर–जी सेवा सुरु भएपछि त्यहाँका स्थानीय बासिन्दा, व्यवसायी र पदयात्रीहरू सबैले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया