कार्तिक २२, २०८३ आइतबार November 8, 2026

रूखले च्यापिएर पूर्वक्याम्पस प्रमुखको मृत्यु

सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते भएकोमा उपचारका क्रममा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २ जेठ:हावाहुरीका कारण ढलेको रूखले च्यापिएर आज कैलालीमा पूर्वक्याम्पस प्रमुखको मृत्यु भएको छ ।

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुख कर्ण भण्डारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुक्खडका प्रहरी नायब उपरीक्षक रमेश अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान करिब ९ बजेको समयमा आएको हावाहुरीका कारण घर नजिकै रहेको सालको ढलेको रूखले चोट लाग्दा भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

टाउकोमा गहिरो चोट लागि गम्भीर हुनुभएका भण्डारीलाई उपचारका लागि घोडाघोडी अस्पताल सुक्खड पु¥याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पतालमा रिफर गरिएको थियो । भण्डारीको उपचारका क्रममा १२ः४० बजे मृत्यु भएको अवस्थीले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया