काठमाडौँ, ३ जेठ। त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका मानविकी तथा सामाजिक शास्त्र संकायमा स्नातकोत्तर (एमए) तहमा अध्ययनरत विद्यार्थीहरूका लागि थेसिस/डिसर्टेसन (Thesis/Dissertation) बुझाउने समय थप गरिएको छ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको २०८१ साल बैशाख १९ गते बसेको बैठकको निर्णयअनुसार, सत्र २०७९ को स्नातकोत्तर तहमा अध्यनरत विद्यार्थीहरूले आगामी २०८१ साल असार मसान्तसम्म आफ्ना थेसिस प्रस्ताव स्वीकृत गरी, आवश्यक प्रक्रियाअनुसार पेश गर्न सक्ने भएका छन्।
परीक्षा नियन्त्रक केदारनाथ उपाध्यायको हस्ताक्षर रहेको उक्त निर्णय पत्रमा स्नातकोत्तर तहका विद्यार्थीहरूले प्रस्ताव स्वीकृति, अनुसन्धान कार्य, लेखन तथा प्रस्तुतिकरणको समग्र प्रकृया एकपटकमा सम्पन्न गर्नुपर्ने उल्लेख गरिएको छ।
उक्त निर्णयले थेसिस लेखनमा संलग्न विद्यार्थीहरूलाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ। विश्वविद्यालयका विभिन्न विभागमा हाल थेसिस लेखन अन्तिम चरणमा रहेका विद्यार्थीहरूले म्याद अभावका कारण सिर्जित अन्योलताबाट राहत पाउने आशा गरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया