असार १, २०८२ आइतबार June 15, 2025

एमालेका एक जिल्ला र १३ जनसंगठनको अधिवेशन गर्न बाँकी

आधादर्जन जनबर्गिय संगठनको अधिबेशन गर्न सकस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेकपा एमालेले एक जिल्ला र १३ वटा जनसंगठनको अधिवेशन गर्न बाँकी रहेको छ। एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसंगठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा.विजय सुब्बाले जानकारी दिए।

२०८१ जेठभित्र सबै जिल्लाको अधिवेशन सम्पन्न गर्नुपर्ने भनेता पनि अझै धनुषाको अधिवेशन सम्पन्न हुन बाँकी छ। धनुषाको अधिवेशन गत वैशाख २० देखि २३ गते सुरु भए पनि विवादका कारणले रोकिएको छ।

आयोगका अध्यक्ष सुब्बाका अनुसार धनुषाको अधिवेशन यही जेठ ७ गते तोकिएको छ। ‘पार्टी नेतृत्वबाट यही जेठ ७ गते धनुषामा मतदानबाट अधिवेशन सम्पन्न गर्न निर्देश आएको छ’, उनले भने, ‘हामी ७ गतेबाट निर्वाचन प्रक्रिया सुरु गर्छौं।’

यस्तै, एमालेले गत चैत मसान्तसम्म जनसंगठनको महाधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि नौवटा मात्र जनसंगठनको महाधिवेशन सम्पन्न भएका छन्।

आयोग अध्यक्ष सुब्बाका अनुसार अनेरास्ववियु, राष्ट्रिय युवा संघ, अखिल नेपाल महिला संघ, नेपाल किसान महासंघ, नेपाल खेलकुद महासंघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ लगायतको महाधिवेशन गर्न बाँकी रहेको छ।

एमालेका २२ जनसंगठन रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया