कार्तिक २२, २०८३ आइतबार November 8, 2026

त्रिवि उपकुलपति सिफारिस गर्न तीन सदस्यीय समिति गठन

सहकुलपति रघुजी पन्तको अध्यक्षताको तीन सदस्यीय सर्च कमिटीले चयन गर्दै उपकुलपति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले त्रिवि उपकुलपति पदमा नियुक्तिका लागि उम्मेदवार छनौट गर्न सर्च कमिटी गठन गरेका छन् ।

प्रधानमन्त्री कार्यालयले जेठ ६ गते शिक्षा मन्त्री तथा सहकुलपति रघुजी पन्तको अध्यक्षतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिमा राष्ट्रिय योजना आयोगको शिक्षा हेर्ने सदस्य गीता अधिकारी पौडेल र शिक्षा मन्त्रालयका सचिव दिपक काफ्ले सदस्य रहेका छन् ।

त्रिवि उपकुलपति डा.केशरजंग बरालले राजीनामा दिएपछि रिक्त रहेको पदमा सिफारिस गर्न समिति गठन भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया