असार १, २०८२ आइतबार June 15, 2025

विद्यालय हाताभित्रै सकेट बम भेटिएपछी बालबालिकाको सुरक्षा चिन्ता

विद्यालयको भवन बनाउन जग खन्ने क्रममा सकेट बम फेला परेको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रोल्पा, जेठ ७ गते । रोल्पाको त्रिवेणी गाउँपालिका–२ दहवनमा रहेको भगवती माध्यमिक विद्यालय परिसरमा दुई वटा सकेट बम फेला परेको छ । विद्यालयको  भवन बनाउन जग खन्ने क्रममा सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

बम भेटिएपछि प्रहरी चौकी नुवागाउँ र इलाका प्रहरी कार्यालय होलेरीबाट प्रहरी टोली त्यस स्थानमा पुगेको थियो । फेला परेको दुई वटै बमलाई लिवाङमा रहेको सूर्यदल गणबाट खटिएको सेनानी शङ्कर थापाको डिस्पाेजल टोलीले मङ्गलवार सुरक्षित स्थानमा डिस्पाेजल गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विजय चापागाईँले जानकारी दिनुभयो ।

यस अघि २०७७ सालमा त्रिवेणी गाउँपालिका–७ गैरीगाउँको जङ्गलमा बेवारिसे अवस्थामा भेटिएको बम बालबालिकाले खेलाउने क्रममा विस्फोट भएर चार जना बालबालिकाको ज्यान गएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया