कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

जेठ ८ र ९ गते भक्तपुरमा ख्वप राष्ट्रिय सम्मेलन हुने

दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, ७ बैशाख । ख्वप कलेज भक्तपुरमा दुई दिने राष्ट्रिय सम्मेलन यही जेष्ठको ८ र ९ गते हुने भएको छ।

ख्वप कलेजले अध्ययन अध्यापनसँगै अनुसन्धान र अनुसन्धान कार्यपत्र प्रस्तुतिमा विशेष पहल गर्दै आएको छ । विगतका वर्षहरुमा  ख्वप कलेजले ३ पटक राष्ट्रिय सम्मेलन सफलतापुर्वक आयोजना गरिसकेको छ ।

अब हुने सम्मेलन ख्वप कलेजले चौथो पटक आयोजना हुन लागेकाे हाे । यस सम्मेलन मुख्य विषय “वाताबरण, सामाजिक र शासन व्यवस्थामा नविनता” रहेको छ ।

यसै अन्तरगत रहेर दुई दिने सम्मेलनमा ६० भन्दा बढि कार्यपत्रहरु प्रस्तुत हुदैँ छन् । यस सम्मेलनमा अन्तराष्ट्रिय अनुसन्धान कार्य पत्रहरु पनि प्रस्तुत हुने जानकारी सम्मेलनका सयोजक डा. राजकुमार प्रधानले दिए । यस सम्मेलनमा व्यवस्थापन संकायका डिन प्रोफेसर डा. महानन्द चालिसे र नेपाल खुल्ला विश्वविद्यालय, व्यवस्थापन तथा कानुन संकायका डिन प्रोफेसर डा. अरहन स्थापितले किनोट स्पिच दिनेछन ।

यस सम्मेलनको मुख्य आकर्षणको रुपमा दोस्रो दिन  “ शासन पुर्नपरिभाषाः दिगो भविष्यका लागि कानुनी, वातावरणीय र व्यवस्थापकीय समन्वय” विषयमा प्यानल डिस्कसन हुदैँछ । यस डिस्कसनमा वरिष्ट कानुनविद डा. भिमाजुर्न आचार्य, त्रि. वि वाताबरण विभागका प्रोफेसर डा. रेजिना मास्के र बाग्मती विश्वविद्यालयका व्यवस्थापन तथा कानुन संकायका डिन डा. गंगाराम विश्वकर्मा प्यानलिटको रुपमा छन ।

अनुसन्धान महत्वपुर्ण विषय हो । यसै माफर्त नै विकासका  क्रियाकलापको सुरुवात हुने गर्दछन् । शैक्षिक उन्नयनका लागी यस्ता सम्मेलनले महत्वपुर्ण भुमिका खेल्ने कुरा कलेजका प्राचार्य प्रकाश कुमार श्रेष्ठले बताए । यस दुई दिने सम्मेलनको उदघाटन नेपाल मजदुर किसान पार्टीका श्रदय अध्यक्ष वरिष्ट राजनितिज्ञ नारायणमान विजुक्छले गर्नेछन । ख्वप कलेज र  विश्वविद्यालय अनुदान आयोगको सहकार्यमा यो सम्मेलन हुदैँछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यू-१९ महिला बेल्ट एन्ड रोड सिरिजमा नेपालको शानदार जित, हङकङ ९२ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
सभापति लामिछानेसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट
२०८३ कार्तिक १९, बिहिबार
लागुऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
२०८३ कार्तिक १९, बिहिबार
मुलुकको समृद्धिका लागि युवाको भूमिका महत्त्वपूर्ण : महासचिव पोखरेल
२०८३ कार्तिक १९, बिहिबार
काठमाण्डु गोखार्जद्वारा विराटनगर किङ्स ९ विकेटले पराजित
२०८३ कार्तिक १९, बिहिबार
एनपीएलमा लुम्बिनी लायन्सको लगातार तेस्रो जित, जनकपुर बोल्ट्स १६ रनले पराजित
२०८३ कार्तिक १९, बिहिबार
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार