असार २८, २०८२ शनिबार July 12, 2025

अक्षयकुमार ओएमजीको तेस्रो सिक्वेल पनि आउने, २०२७ मा रिलिज गरिने

यस वर्ष जुन २७ मा रिलिज हुने प्यान इन्डिया चलचित्र ‘कन्नप्पा’ मा पनि केमियो भूमिकामा देखिदैँ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मुम्बई, ८ जेठ । बलिउड सुपरस्टार अक्षय कुमारको सामाजिक कमेडी ड्रामा ओएमजी (ओ माई गड) ले आफूलाई भारतको सबैभन्दा सफल फिल्म फ्रेंचाइजी मध्ये एकको रूपमा स्थापित गरिसकेको छ।

यस शृङ्खलामा अहिलेसम्म दुईवटा फिल्म बनिसकेका छन्, जसले महत्त्वपूर्ण सन्देश दिँदै बक्स अफिसमा ठूलो हिट फिल्मको सुचीमा समावेश भइसकेको छ ।

पिंकभिल्लाको पछिल्लो रिपोर्ट अनुसार अक्षय कुमार र निर्देशक अमित राईले ओएजीः३ का लागि प्रि प्रोडेक्सनको काम सुरु गरिसकेका छन्। राईले ओएमजी को तेस्रो किस्ताको बारेमा छलफल गर्न ‘भूत बगला’ को अन्तिम चरणमा अक्षय कुमारलाइ भेटन केरला गएको बताइएको छ।

रिपोर्टका अनुसार अमित राईसँग आगामी फिल्मको लागि धेरै विचारहरूमा रहेका छन् र उनले अक्षय कुमारसँग रहँदा सबै प्लट पोइन्टहरू छलफल गरेका छन । ‘दुईले सबै विचारहरूमा मन्थन गरे र ओएजीले लिन सकिने सम्भावित नयाँ मार्गहरूबारे पनि छलफल गरेका छन्। सबैभन्दा मनपर्ने फ्रेन्चाइजी जारी राख्ने र ओएजीलाई तेस्रो भागमा लैजाने उद्देश्य हो’ रिपोर्टमा भनिएको छ।

निर्माताहरूले आफ्नो काँधमा ठूलो जिम्मेवारी रहेको बुझेका छन्, त्यसैले, उनीहरूलाई ओएमजीः३ को नयाँ प्रक्रियामा जान मञ्जुर भएका छन । तिनीहरूले छिट्टै स्क्रिप्टमा काम सुरु गर्ने अपेक्षा गरिएको छ र यदि सबै ठीक भयो भने, फिल्म २०२७ को दोस्रो हाफमा थियटरमा लैजानेछन् ।

यसैबीच, अक्षयका धेरै फिल्म रिलिजको तयारी अवस्थामा छन् । उनी अब हाउसफुलः५ मा देखिनेछन्, जुन यो वर्ष जुन ५ मा ठूलो पर्दामा आउने तय भइसकेको भने यसपछि उनीसँग यस वर्ष सेप्टेम्बरमा जोली एलएलबीः ३, भूत बंगला (अप्रिल २०२६) र वेलकमः ३ (२०२६)मा आउँदै छन् ।

उनले यस वर्ष जुन २७ मा रिलिज हुने प्यान इन्डिया चलचित्र ‘कन्नप्पा’ मा पनि केमियो भूमिकामा देखिदैँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न
२०८२ असार २८, शनिबार
रत्ननगर आयुर्वेद अस्पताल : सेवा लिनेमा पुरुष भन्दा महिलाको सङ्ख्या धेरै
२०८२ असार २८, शनिबार
एक अर्ब ३७ करोडको ब्याग, जाे हालै एक जापनीले लिलामीमा लिए
२०८२ असार २८, शनिबार
मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान
२०८२ असार २८, शनिबार
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
२०८२ असार २८, शनिबार
बाख्रापालनमा जमेका चन्द दम्पती
२०८२ असार २८, शनिबार
विवेकभन्दा आवेग हाबी हुँदा संसदमा अवरोध र बहिष्कार प्रवृत्ति बढेका हुन् : विश्वप्रकाश शर्मा (अन्तवार्ता)
२०८२ असार २८, शनिबार