कार्तिक ११, २०८३ बुधबार October 28, 2026

हेराफेरीः३ मा परेश रावलको ‘रिप्लेस’मा ५ कलाकारकाे नाम चर्चामा

अब परेश रावलले फिल्म छाडेपछि अब यो भूमिका कसले गर्ने भन्ने प्रश्न फ्यानहरुमा खैलाबैला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुम्बई, ९ बैशाख । बलिउड फिल्म हेराफेरीः ३ को चर्चा सर्वत्र चलिरहेको छ । खासमा अभिनेता परेश रावलले फिल्म हेराफेरी ३ बीचैमा छाडे पछि थप चर्चा परिचर्चा भएको हो । रचनात्मक मतभेदका कारण परेश रावलले फिल्म छाडेको खबर आएको थियो ।

तर, परेशले सामाजिक सञ्जालमा क्रिएटिभ भिन्नता फिल्म छाड्नुको कारण नभएको बताएका छन् । सुनिल शेट्टी र अक्षय कुमारले पनि परेश रावलले फिल्म छोडेको कुनै खबर पाएनन्, अचानक उनीहरूले सामाजिक सञ्जालको सहारा लिनु परयो ।

फिल्ममा परेश रावल प्रतिष्ठित बाबु रावको भूमिकामा देखिँदै थिए । जसमा अक्षय कुमार राजुको भूमिकामा र श्यामको भूमिकामा सुनिल शेट्टी देखिने वाला पनि थिए । ‘हेराफेरी’ र ‘फिर हेराफेरी’मा तीन जनाको जोडीलाई फ्यानहरुले निकै रुचाएका थिए ।

बाबुरावको भूमिकामा परेश रावलले आफ्नो ज्यान दिएका थिए । तर, अब परेश रावलले फिल्म छाडेपछि अब यो भूमिका कसले गर्ने भन्ने प्रश्न फ्यानहरुको मनमा उठेको छ ।

फिल्ममा परेश रावललाई ‘रिप्लेस’ गरेर बाबु रावको भूमिकालाई न्याय दिने उद्योगमा धेरै कलाकारहरू रहेका छन् । यस लिस्टका लागि पंकज त्रिपाठी, बोमन इरानी, ​​गजराज राव, सञ्जय मिश्रा र अन्नु कपूरजस्ता स्टारहरूको नाम अहिले चर्चामा आइरहेका छन् किनभने यी कलाकारहरूले वर्षौंदेखि आफ्नो दमदार अभिनयले फ्यानहरूलाई मनोरञ्जन दिइरहेका छन्। उनको कमिक टाइमिङ पनि गजबको छ र उनीहरू ‘बाबु राव’ को भूमिकाको लागि उत्तम विकल्प हुन सक्छन्।

तर, फिल्ममा परेश रावलको ‘रिप्लेसमेन्ट’ को बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । फिल्ममा परेश रावल फेरि आउने वा अन्य कलाकारले यो भूमिका निर्वाह गर्ने भन्ने बारे अहिलेसम्म कुनै अपडेट छैन । तर, उनले फिल्म छाडे पछि अक्षयकुमारले परेश रावल माथी २५ करोड क्षतिपुर्तिको नोटिस पठाएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रहन निर्देशन
२०८३ कार्तिक ११, बुधबार
हिमाली विपद् न्यूनीकरणमा अन्तरिक्ष प्रविधि र क्षेत्रीय सहकार्य बढाउन मन्त्री श्रेष्ठको आह्वान
२०८३ कार्तिक ११, बुधबार
राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु
२०८३ कार्तिक ११, बुधबार
लगातार दोस्रो दिन बढ्यो सुनको मूल्य, चाँदी पनि १० रुपैयाँले महँगियो
२०८३ कार्तिक ११, बुधबार
धान थन्क्याउन किसानलाई युवा जनशक्ति पाउनै मुस्किल
२०८३ कार्तिक ११, बुधबार
झापामा सवारी दुर्घटनाको ‘ग्राफ’ बढ्दो
२०८३ कार्तिक ११, बुधबार
एनपीएलमा आज : पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
२०८३ कार्तिक ११, बुधबार