श्रावण १९, २०८३ मंगलबार August 4, 2026

रेखा थापाको नाटक ‘मिरा’ पोष्टपोण्ड, अब सोमवार मात्रै हेर्न पाइने

टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, १५ जेठ । रेखा थापा अभिनित नाटक ‘मीरा’ पोस्टपोण्ड भएको छ ।

आजको असहज राजनितीक परिस्थितीका कारण हामीले आजको लागि तय गरिएको ‘कान्तिपुर थिएटर’ को उद्घाटन तथा नाटक ‘मीरा’ को प्रिमीयर दर्शक, कलाकार तथा अतिथीहरुको सुझाव र सुरक्षालाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जनाइएको  छ।

‘हामी अत्यन्तै दुःखी र क्षमाप्रार्थी छौं, दर्शकहरूले  प्रतिक्षा गर्नुभएको कार्यक्रममा आज सहभागी हुन सक्नु भएन, अब हाम्रो नाटक घरको उद्घाटन र ‘मीरा’ को मञ्चन यही आउँदो सोमबार ( जेठ १९ गते) हुनेछ।

कान्तिपुर फिल्म एकडेमीका अनुसार टिकट बुकीङ्ग गर्नुभएका दर्शकहरुको टिकट जेठ १९ गतेको लागी सुरक्षीत रहनेछ ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया