मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

मालीका राष्ट्रपतिलाई विनाशर्त मुक्तगर्न राष्ट्रंघीय महासचिवको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गर्नुभएको छ । उहाँलाई मालीको सेनाले नियन्त्रणमा राखेको बताएको छ । उहाँले भने सो नियन्त्रणबाटै आफूले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ ।

सेनाको नियन्त्रणमा राखिएका उहाँलाई जतिसक्दो चाँडो र विना शर्त मुक्त गर्न महासचिव गुटर्रेसले माग गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुटर्रेसले मालीको सेनाले उठाएको कदम पनि संविधान विपरीत भएको बताउनुभएको छ । सो विज्ञप्तिमा मालीको सेनालाई यस्तो गैर संवैधानिक कदमलाई तुरुन्त फिर्ता गर्न र त्यहाँका राष्ट्रपतिलाई सेनाको नियन्त्रणबाट मुक्त गर्न भनिएको छ । उता राष्ट्रपति इब्राहिम बौबाकरले भने मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताउनु भएको छ । अल जजिराद्वारा प्रेषित समाचारमा सो कुरा उल्लेख गरिएको छ ।

महासचिव गुटर्रेसले राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा पर्नु भएका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि विनासर्त मुक्त गर्न माग गर्नुभएको छ । अन्य क्षेत्रीय तथा अन्तराष्ट्रिय संगठन र केही देशले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

त्यहाँको पछिल्लो अवस्थाको बारेमा भने कुनै समाचार आएको छैन । सेनाले अहिले पनि त्यहाँका नेताहरुलाई आफ्नो नियन्त्रणमा राखिरहेको समाचारमा जनाइएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार