काठमाण्डौंः भारतमा पछिल्लो २४ घण्टामा साँढे ६९ हजार कोरोनाका बिरामी थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म ९ सय ७७ जनाको ज्यान गएको छ ।
गएको २४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा कोरोना भाईरस संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । यस्तै ज्यान गुमाउनेको संख्या ५४ हजार नाघेको छ ।
संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको ज्यान गएको छ भने साँढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ११ हजारको ज्यान गएको छ ।
अहिलेसम्म २ करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा १ करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वल्ड्रोमिटरले जनाएको छ । ७ लाख ९१ हजारको भने ज्यान गएको छ । वल्ड्रोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात साँढे ६१ हजारको अवस्था जटिल रहेपनि बाँकी ६४ लाखको अवस्था सामान्य रहेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया