बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा एकैदिन कोरोनाबाट ९ सय ७७ जनाको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतमा पछिल्लो २४ घण्टामा साँढे ६९ हजार कोरोनाका बिरामी थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार हालसम्म ९ सय ७७ जनाको ज्यान गएको छ ।

गएको २४ घण्टामा ६९ हजार ६ सय ५२ जना नयाँ बिरामी थपिएसँगै भारतमा कोरोना भाईरस संक्रमितको संख्या २८ लाख ३५ हजार नाघेको छ । यस्तै ज्यान गुमाउनेको संख्या ५४ हजार नाघेको छ ।

संक्रमित धेरै भएका देशको सूचीमा भारत तेस्रो स्थानमा रहेको छ । सबैभन्दा धेरै अमेरिकामा ५७ लाखमा कोरोना पुष्टि हुँदा १ लाख ७६ हजारको ज्यान गएको छ भने साँढे ३४ लाखमा कोरोना पुष्टि भएको ब्राजिलमा १ लाख ११ हजारको ज्यान गएको छ ।

अहिलेसम्म २ करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा १ करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वल्ड्रोमिटरले जनाएको छ । ७ लाख ९१ हजारको भने ज्यान गएको छ । वल्ड्रोमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक प्रतिशत अर्थात साँढे ६१ हजारको अवस्था जटिल रहेपनि बाँकी ६४ लाखको अवस्था सामान्य रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार