काठमाण्डौंः नेकपा माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता भरतप्रसाद साहले पदबाट राजीनामा दिएका छन्। साहले सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई राजीनामा पत्र बुझाएका हुन्। उनलाई राजीनामा पत्र बुझाउन प्रचण्डले नै निर्देशन दिएको स्रोतले जनाएको छ।
साहलाई दलको नेताबाट हटाउन बहुमत सांसदले दबाब दिंदै आएका थिए। मधेशमा माओवादीका ९ सांसद रहेका छन्। प्रदेशका सांसदले दबाब दिए पनि साहले भने अध्यक्ष प्रचण्ड र उपमहासचिव तथा मधेश प्रदेश ईन्चार्ज मातृकाप्रसाद यादवको साथ पाएकाले राजीनामा नदिने अडानमै थिए।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया