बाँके, जेठ २० । नागरिक उन्मुक्ति पार्टी बाँकेका अध्यक्ष चन्तराम थारु नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। नेपाली काँग्रेस बाँके क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनका अवसरमा महामन्त्री गगन थापाले उनलाई पार्टीमा स्वागत गरेका हुन्।
थारुसहित अन्य केही व्यक्तिहरू पनि नेपाली काँग्रेसमा प्रवेश गरेका छन्। काँग्रेस बाँकेका नेताहरूका अनुसार यो प्रवेशसँगै पार्टीको संगठन थप सुदृढ हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै महामन्त्री थापाले काँग्रेस लोकतन्त्र, समावेशिता र सामाजिक न्यायका लागि निरन्तर लडिरहेको पार्टी भएको भन्दै नयाँ प्रवेशकर्ताहरुलाई सहकार्य र समर्पणको भावनासाथ अगाडि बढ्न आग्रह गरे। पार्टी प्रवेश गर्नेहरूलाई पार्टीको तर्फबाट स्वागत तथा सम्मान गरिएको थियो।
नेपाली काँग्रेस बाँकेका नेताहरूले यो प्रवेशलाई आगामी निर्वाचनका सन्दर्भमा उत्साहजनक संकेतका रूपमा लिएका छन्।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया