असार २३, २०८२ सोमबार July 7, 2025

लोसपा प्रवक्तामा मनिष मिश्र नियुक्त

केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २० जेठ। लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) मनिषकुमार मिश्रलाई केन्द्रीय प्रवक्ता पदमा मनोनयन गरेको छ।

पार्टी अध्यक्ष महन्थ ठाकुरलेपार्टीको संशोधित विधानअनुसार उनलाई केन्द्रीय महासचिवसँगै प्रवक्ताको भूमिकासमेत प्रदान गरिएको जानकारी दिइएको हो।

अध्यक्ष ठाकुरले मिश्रलाई मनोनयन गरिएकोमा बधाई दिँदै देश, मधेश तथा पार्टीको हितमा उनको कार्यकाल उपलब्धिमूलक हुने विश्वास व्यक्त गरेका छन्।

लोसपा नेपालको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा जारी पत्रमार्फत गरिएको यो निर्णयले पार्टीलाई सशक्त बनाउने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया