असार २३, २०८२ सोमबार July 7, 2025

वाइसीएल नेपालको निर्वाचन कार्यतालिका संशोधन, मनोनयन शुक्रबार बिहान

अन्तिम नामावली १२:२० मा प्रकाशित गरिने र मतदान भने पहिले तय गरेअनुसार शुक्रबार नै हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन वाइसीएल नेपालको राष्ट्रिय सम्मेलनअन्तर्गत जारी निर्वाचन प्रक्रिया अन्तर्गत कार्यतालिका हेरफेर गरिएको छ। निर्वाचन समितिका अनुसार अब उम्मेदवारी दर्ता शुक्रबार बिहान ८ बजेबाट सुरु हुनेछ।

संशोधित कार्यतालिका अनुसार उम्मेदवारीका लागि सवा ८ देखि साढे ९ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिनेछ। यसअघि बिहीबार मध्यान्ह १२ बजेदेखि साढे १२ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो।

प्रमुख निर्वाचन अधिकृत डा. जगतकृष्ण पोखरेलका अनुसार उम्मेदवारको मनोनयन सूची प्रकाशन तथा दावी–विरोधका लागि सूचना आव्हान बिहान ९:४५ बजे हुनेछ। त्यसपछि विरोधमा उजुरी दर्ता गर्ने समय सवा १० बजेसम्म तोकिएको छ। उजुरीको छानबिन र निर्णय १०:४५ बजे र पुनः नामावली प्रकाशन बिहान ११ बजे हुनेछ।

त्यसपछि उम्मेदवारले आफ्नो नाम फिर्ता लिन बिहान ११ बजेबाट दिउँसो १२:१० बजेसम्म समय दिइएको छ भने अन्तिम नामावली १२:२० मा प्रकाशित गरिने छ। मतदान भने पहिले तय गरेअनुसार शुक्रबार नै हुने बताइएको छ।

यसैबीच, मतदाताको अन्तिम नामावली पनि सार्वजनिक गरिएको छ। अन्तिम नामावली अनुसार कुल १,५७५ मतदाता रहेका छन्। प्रारम्भिक सूचीमा १,५५२ मतदाता रहेका थिए भने अन्तिम सूचीमा २३ जना थपिएका छन्।

वाइसीएल नेपालको राष्ट्रिय सम्मेलन र निर्वाचनले संगठनभित्रको नेतृत्व चयनका साथै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार