श्रावण २०, २०८३ बुधबार August 5, 2026

चलचित्र ‘लाज शरणम्’ १०० औँ दिनमा प्रवेश

चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामालगायतको अभिनय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, जेठ २३ गते । कुमार कट्टेल (जिग्री) निर्देशित चलचित्र ‘लाज शरणम्’ प्रदर्शनको १०० औँ दिनमा प्रवेश गरेको छ ।

गत वर्ष फागुन १४ गते प्रदर्शन भएको चलचित्रले काठमाडौँको न्युरोडस्थित रञ्जना सिनेप्लेक्स चलचित्र भवनमा प्रदर्शनको एक सय दिन पूरा गरेको निर्माता नवीन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले समसामयिक विषयलाई समेटेर चलचित्र निर्माण गरेकै कारण दर्शकले मन पराएको प्रतिक्रिया दिनुभयो । चलचित्रमा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामालगायतको अभिनय रहेको छ । यसै गरी उहाँले ‘लाज शरणम् २’ निर्माणको तयारीभइरहेको जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया