असार २३, २०८२ सोमबार July 7, 2025

बकर इदले देशको संस्कृति विकासमा थप योगदान गर्नेछ : अध्यक्ष यादव

आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, २४ जेठ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले बकर इदले नेपालको संस्कृति र परम्पराको संरक्षण सम्वर्द्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद)को सुखद अवसरमा आज स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण इस्लाम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै सो विश्वास व्यक्त गर्नुभएको हो ।
उहाँले भन्नुभएको छ, “बहुजाति, बहुभाषा, बहुसंस्कृति र बहुधार्मिक विशेषतायुक्त नेपालमा इस्लाम धर्म एकता र राष्ट्रिय स्वाभिमानको प्रतीक रहेकाले धार्मिक सांस्कृतिक सद्भाव कायम राख्दै आपसी भ्रातृत्व र सहिष्णुतालाई थप प्रगाढ तुल्याइ हाम्रो संस्कृति र परम्पराको संरक्षण सम्वद्र्धन तथा विकासमा थप योगदान पुग्ने विश्वास लिएका छौँ ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार