असार २३, २०८२ सोमबार July 7, 2025

एमालेले कुनै पनि राजनीतिक दलसँग पूर्वाग्रह राख्दैन : प्रदीप ज्ञवाली

सत्ता साँझेदारबीच कुनै असमझदारी नरहेकोले सरकार नढल्ने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दोलखा । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफ्नो पार्टीले कुनै पनि राजनीतिक दलसँग प्रतिशोध नसाधेको बताउनुभएको छ ।

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मुद्दा लगाउन एमालेको भूमिका रहेको आरोप लगाउने गरेको प्रसङ्गमा उपमहासचिव ज्ञवालीले आफ्नो पार्टीले कसैलाई पनि पूर्वाग्रह नराख्ने बताउनुभयो ।

नेकपा एमाले दोलखाले आयोजना गरेको जनप्रतिनिधि र पार्टी बीचको अन्तरसंवाद कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले वर्तमान सत्ता गठबन्धन–२०८४ सम्मै जाने बताउनुभयो । उहाँले सत्ता साँझेदारबीच कुनै असमझदारी नरहेकोले सरकार नढल्ने दाबी गर्नुभयो ।

नेकपा एमाले दोलखाका अध्यक्ष नरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न अन्तरसंवाद कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङ, एमाले दोलखाका उपाध्यक्ष राजेन्द्र मानन्धर, सचिव स्वयम बहादुर खड्का, जिरी नगरपालिकाका नगरप्रमुख मित्र जिरेल, मेलुङ गाउँपालिकाका अध्यक्ष हिराकुमार थोकर, शैलुङ गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्की, गौरीशङ्कर गाउँपालिकाका उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पा, भीमेश्वर नगरपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष नविन लामा, विगु गाउँपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष टहल थामी लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेबाट निर्वाचित नगरप्रमुख, अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षहरूले सम्बन्धित पालिकाहरूको स्थानीय तहको निर्वाचन यता पालिकामा भएका गतिविधिहरूको बारेमा जानकारी गराउनुभएको एमाले दोलखाका उपसचिव हरि ओलीले बताउनुभयो ।

कार्यक्रममा  नेकपा एमाले केन्द्रीय  स्थानीय विकास विभागका सदस्य बिमल पोखरेलले स्थानीय निकायको कामको बारेमा जानकारी गराउनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार