असार २१, २०८२ शनिबार July 5, 2025

नेपाल-भारत परराष्ट्रसचिव स्तरीय बैठकको तयारी, परामर्शका लागि भारतीय राजदूत दिल्लीमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच ३१ साउनमा भएको टेलिफोन संवादपछि दुई देशका परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकको तयारी सुरु भएको छ ।

ओली-मोदी टेलिफोन संवादको भोलिपल्ट नेपालमा भारतीय लगानीका परियोजनाको स्थिति पुनरावलोकन गर्ने संयुक्त अनुगमन संयन्त्रको बैठक बसेको छ । त्यसलगत्तै दुई देशका कूटनीतिक संयन्त्रहरू परराष्ट्रसचिवस्तरीय बैठकको तयारीमा जुटेका छन् । भारतीय राजदूत विनयमोहन क्वात्रा भने विदेश मन्त्रालयसँग आन्तरिक परामर्शका लागि बिहीबार दिल्ली पुगेका छन् ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भने राजदूत क्वात्राले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेपछि विदेशसचिव हर्षबर्धन श्रृंगलासँग परामर्शका लागि दिल्ली गएका हुन् । भारतका विदेशसचिव श्रृंगला बंगलादेश भ्रमणबाट बुधबारै दिल्ली फर्केका छन् । विदेशसचिव श्रृंगला परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन नेपाल आउने विषयमा राजदूत क्वात्राले छलफल गर्ने बुझिएको छ ।

परराष्ट्रका एक उच्च अधिकारीले नयाँ पत्रिकासँग भने, ‘भारतीय राजदूत नेपाल सरकारसँग समन्वय गरेर दिल्ली गएका हुन् । प्रधानमन्त्रीको सन्देश लिएर उनी गएका हुन् भन्ने हाम्रो बुझाइ छ । उनी फर्केर आएपछि परराष्ट्रसचिवस्तरीय संयन्त्रको बैठक बस्ने विषयमा थप तयारी होला ।’ राजदूत क्वात्रा दिल्लीबाट १० भदौमा फर्केपछि परराष्ट्रसचिवस्तरीय बैठकको तयारी हुने सरकारी स्रोतहरूले जनाएका छन् । ती अधिकारीले भने, ‘कोरोना महामारीको वेला राजदूत क्वात्रा स्थलमार्ग हुँदै गोरखपुर भएर दिल्ली जानु अर्थपूर्ण छ ।’

भारतले २६ वैशाखमा पिथौराढ–लिपु भन्ज्याङ लिंकरोड उद्घाटन गरेपछि नेपालले ५ जेठमा लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको थियो । त्यसपछि नेपालले संविधान संशोधनमार्फत निसान चिह्नमा समेन तयाँ नक्सा प्रयोग गरेसँगै दुई देशको सम्बन्ध चिसिएको थियो । भारतले नेपालको नयाँ नक्सा जारी गर्ने कदमलाई भूगोलको कृत्रिम विस्तार भन्दै मान्य नहुने टिप्पणी गरेको थियो । भारतले लिपु भन्ज्याङ लिंकरोड उद्घाटनपछि कूटनीतिक नोटमार्फत परराष्ट्रसचिवस्तरीय वार्ताका लागि नेपालले प्रयास गर्दै आएको छ । भारतले असारमा पठाएको पछिल्लो जवाफमा कोभिड–१९ को महामारी सकिएसँगै वार्तामा बस्ने उल्लेख गरिएको छ ।

कोभिड–१९ को महामारीसँगै भारतीय विदेशसचिव श्रृंगलाको छिमेक भ्रमण सुरु भएको छ । उनले मंगलबार र बुधबार बंगलादेशको औपचारिक भ्रमणमा गएका छन् । सचिव श्रृंगलाले श्रीलंका, माल्दिभ्स, नेपाल र म्यानमारको भ्रमणलाई प्राथमिकतामा राखेको कूटनीतिक स्रोतहरूले जनाएका छन् ।

कालापानी र सुस्ताको विषयमा छलफलसँगै परिचयात्मक भ्रमणका क्रममा श्रृंगलाको नेपाल भ्रमणको तयारी भारतीय राजदूत फर्केलगत्तै सुरु हुने परराष्ट्र स्रोतले जनाएको छ । उनको भ्रमणभन्दा अघि नेपाल–भारत सीमा कार्य समूह (बाउन्ड्री वर्किङ ग्रुप)को बैठक बस्ने तयारी छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको ०७१ साउनमा भएको नेपाल भ्रमणका क्रममा परराष्ट्रसचिवहरूको संयन्त्रलाई आवश्यकता परेमा कार्य समूहले सुस्ता र कालापानीका विषयमा प्राविधिक सुझाब दिने निर्णय भएको थियो ।

कार्य समूहको बैठक दुई साताभित्रै हुने नापी विभागका एक अधिकारीले जानकारी दिए । कार्य समूहमा नेपालका तर्फबाट नापी विभागका महानिर्देशक तथा भारतका तर्फबाट देहरादुनस्थित सर्वे अफ इन्डियाका महानिर्देशक छन् । समूहले सुस्ता र कालापानीभन्दा बाहेकका सीमास्तम्भको रेखदेख, अनुगमन, मर्मतसम्भार तथा दशगजासहित दुवैतर्फ भएको अतिक्रमणको विवरण सरकारलाई बुझाउने कार्यादेश पाएको छ । समूहको समयावधि २०२२ सम्म तोकिएको छ । नयाँपत्रिका

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ
२०८२ असार २१, शनिबार