असार २१, २०८२ शनिबार July 5, 2025

औद्योगिक क्षेत्रका मजदुरमा फैलिँदै संक्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सुनसरीको औद्योगिक कोरिडोर क्षेत्र दुहवी उद्योगमा काम गर्ने मजदुरमा एकपछि अर्को गर्दै कोरोना संक्रमण पुष्टि हुने क्रम बढेको छ।

दुहवीमा समुदायस्तरमा कोरोना भाइरस (कोभिड-१९) फैलिँदै गएपछि केही मजदुरको पिसिआर परीक्षण गर्दा १० जनाको पोजेटिभ पुष्टि भएको हो। दुहवी स्वास्थ्य शाखाका अनुसार प्रिमियर स्टिल उद्योग प्रालिमा सात, पूर्वाञ्चल डेस्टिलरी उद्योग प्रालिमा दुई र अन्नपूर्ण जुत्ता चप्पल उद्योगमा एकजनामा कोरोना पुष्टि भएको छ।

उद्योगका मजदुरमा कोरोना पोजेटिभ भएपछि अन्पूर्ण जुत्ता चप्पल उद्योग प्रालि, अन्नपूर्ण रवर उद्योग प्रालि र अन्नपूर्ण स्लिपर उद्योग प्रालि अर्को निर्र्णय नहुन्जेलसम्मका लागि बन्द गर्ने निर्णय वडा नंं. ८ कार्यालयले गरेको छ।

उद्योग प्रशासनलाई अरू मजदुरको पिसिआर परीक्षण गर्न र उद्योगमा सेनिटाइज गर्न पनि वडा कार्यालयले पत्रचार गरेको छ। यस्तै, प्रिमियर स्टिल उद्योग र पूर्वाञ्चल डेस्टिलरी उद्योग पनि ७२ घण्टा सिल गरी संक्रमित मजदुरको सम्पर्कमा रहेका थपको पिसिआर परीक्षण गर्ने र उद्योगमा सेनिटाइज गर्ने निर्णय भएको दुहवी नगरपालिका प्रमुख वेद गच्छदारले बताए।

‘केही मजदुरको नमुना परीक्षण गर्दा कोरोना पुष्टि भएपछि अब थप मजदुरको उद्योगले नै पिसिआर गर्न भनेका छांै,’ मेयर गच्छदारले भने, ‘उद्योगले नगरे नगरपालिकाले नै गर्ने तयारी गरेका छौं।’ यसअघि पनि दुहवी क्षेत्रका उद्योगमा तीन मजदुरलाई कोरोना पुष्टि भएको थियो। अहिलेसम्म उद्योगका मजदुर मात्र दुहवी क्षेत्रमा १३ जना पुगेका छन्।

सुनसरीका नाम चलेका उद्योग अरिहन्त मल्टिफाइवर्स, अरिहन्त पोलिप्याक, सनराइज पेपर मिल, एसियन थाइफुड, अन्नपूर्ण जुत्ता चप्पल उद्योग, पशुपति पेन्ट्स, पशुपति वायर, ओम प्लाइउडलगायतका ठूला तथा साना गरी ७५ उद्योग छन्। यी उद्योगमा कोरोना महामारीपछि थुप्रै मजदुर कटौती गरे पनि कम्तीमा १२ हजार अहिले पनि कार्यरत छन्।  नागरिक दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार
प्रधानमन्त्री ओलीद्धारा उपाधि जित्न सफल नेपाली क्रिकेट टोलीलाई बधाई
२०८२ असार २१, शनिबार
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
२०८२ असार २१, शनिबार