बैसाख १७, २०८३ बिहिबार April 30, 2026

चीन र पाकिस्तानका विदेशमन्त्रीबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाै‌ः चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो ।

पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा छन् । उनी चीनको दुई दिनको भ्रमणका क्रममा हाल त्यहाँ रहनुभएको पनि सो पत्रिकाले जनाएको छ । उक्त पत्रिकाका अनुसार उनीहरुबीच कोरोना भाइरस महामारीका अतिरिक्त चीन पाकिस्तान द्धिपक्षीय सम्बन्ध र क्षेत्रीय विषयमा विभिन्न मुद्दामा छलफल भएको बताएको छ ।

चीन पाकिस्तानका विदेशमन्त्री बीच चीनको हाइनानमा हुने द्धिपक्षीय रणनीतिक वार्ताको कार्यक्रमका लागि पाकिस्तानी विदेशमन्त्री कुरेसी चीन गएका हुन् । उनीहरुबीच भएको वार्तामा दुवै देशका विदेशमन्त्री द्धिपक्षीय शान्ति र समृद्धिका साथै अरु साझा चासोका विभिन्न विषयमा सहमत भएका बताइएको छ ।

उनीहरुबीच कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्नका लागि मिलेर अघि बढ्ने विषयमा पनि सहमति भएको डन पत्रिकाको अनलाइन संस्करणले जनाएको पाकिस्तानको राजधानी इस्लामावादबाट प्राप्त भएको समाचारमा जनाइएको छ ।-एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुपान्तरणकारी बजेट ल्याइने अर्थमन्त्री वाग्लेको दाबी
२०८३ बैसाख १७, बिहिबार
शिक्षामन्त्री पौडेल र फिनल्यान्डका राजदूत पुहाक्काबीच भेटवार्ता
२०८३ बैसाख १७, बिहिबार
त्रिभुवन विश्वविद्यालयका तीनजना पदाधिकारीहरुले दिए राजीनामा
२०८३ बैसाख १७, बिहिबार
सजाय कटौतीले सुकीको नजरबन्द छोटिन सक्ने सङ्केत
२०८३ बैसाख १७, बिहिबार
आज पनि घट्यो नेप्से परिसूचक
२०८३ बैसाख १७, बिहिबार
राष्ट्रपति पौडेलद्वारा सहकारी सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी
२०८३ बैसाख १७, बिहिबार
सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश
२०८३ बैसाख १७, बिहिबार