जेठ २३, २०८३ शनिबार June 6, 2026

नागरिक लगानी कोष र हिमालयन बैंकबीच सम्झौता

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्काशन (एफपिओ)को प्रत्याभूति गर्ने भएको छ।

सोसम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोकशम्शेर राणाले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै बैंकले जारी गर्ने ९२ लाख ५० हजार ४६९ कित्ता एफपिओ सेयरको प्रत्याभूति कोषले गर्ने भएको छ। सम्झौता भएको मितिबाट तीन महिनासम्म अवधि कायम रहने जनाइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया