काठमाण्डाैंः पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-८ का ४० वर्षीय अर्जुन यादवको चिरपट प्रहार गरी हत्या गरिएको छ ।
आपसी झगडाका कारण छिमेकीले हत्या गरेको आशंका प्रहरीको छ । झगडाका क्रममा शनिबार राति यादवमाथि दाउराका चिरपटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।
उनको शव घरको आगन छेउमा थियो । घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको लामाले बताए । झगडाको कारण अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया