असार २१, २०८२ शनिबार July 5, 2025

सिराहाका गाउँगाउँमा शिवजी यादवको ठगीधन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सिराहाको औरही गाउँपालिका-५ औरही गाउँका शिवजी यादवले इँटाटार मात्र होइन, छिमेकी गाउँका मुसहर युवामाथि पनि चरम आर्थिक शोषण गरेको पाइएको छ । शिवजीले मुसहर बस्तीमा मच्चाएको अत्याचारको समाचार आइतबार नयाँ पत्रिकामा प्रकाशित भएपछि छिमेकी गाउँमा उनले गरेका उत्पीडनका घटना बाहिर आएका हुन् ।

भारतमा मात्र होइन, रोजगारीका लागि तेस्रो मुलुक जान खोज्ने मुसहर युवामाथि पनि शिवजीले आँखा लगाउने गरेको भेटिएको छ । मुसहर समुदायमाथि शृंखलाबद्ध उत्पीडिन गर्ने शिवजीको ‘गोरखधन्धा’लाई उनका मामाका छोरा रामबाबु यादव र साला भागवत यादवको सहयोग छ । तर, शिवजीको अत्याचारबारे ‘बेखबर’ प्रहरी कुनै उजुरी नआएको बताइरहेको छ ।

शिवजीले औरही– ४ इँटाटार गाउँका मुसहर युवालाई भारतको हरियाणा पुर्याएर महिनौँ काम गराउने, घर फर्किने वेला बक्यौता देखाउने, कुटपिट गर्ने र काम गर्नै नसकेर घर फर्किएकालाई बन्धक बनाएर कपाली तमसुक बनाउने गरेका थिए । यसबाहेक उनले औरही– २ देउरीपट्टिका मुसहर युवामाथि पनि उस्तै खालको आर्थिक उत्पीडन र अत्याचार गरेको भेटिएको छ ।

देउरीपट्टिका ४५ वर्षीय कुसुमलाल सदा र २२ वर्षीय नेतीलाल सदाले आफूहरू शिवजीको उत्पीडनमा परेको बताएका छन् । ‘पाँच वर्ष हरियाणा गएर काम गरेँ, वर्षदिन अघि घर फर्किने वेलामा रित्तो हात फर्किनुपर्यो । घर फर्किएपछि उल्टै हरियाणामा लिएको र खाएको बक्यौता छ भन्दै एक लाख ८० हजार रुपैयाँको कपाली तमसुक बनाए,’ कुसुमलालले नयाँ पत्रिकासँग भने । उनकै छिमेकी २२ वर्षीय नेतीलालले आफूले भोगेको पीडा सुनाए, ‘घरखर्चका लागि बा–आमाले लिएको १५ हजार रुपैयाँको पाँच वर्षमा ब्याजसहित ५० हजार बनाएछन् । बा-आमाले ४० हजार रुपैयाँ तिरे । म आफैँले नौ महिनासम्म हरियाणामा काम गरेर फर्किएँ, तर एक रुपैयाँ पनि दिएनन् ।’

देउरीपट्टि गाउँकै बिहारी सदाले वर्षौंसम्म बाबुछोराले नै शिवजीको अरनखटनमा हरियाणामा काम गरेको, आफू फर्के पनि अहिलेसम्म छोरा उतै बन्धक रहेको सुनाए । ‘बाबुछोराले काम गरेभन्दा बढी खर्च ग¥यौ भन्दै डेढ लाख रुपैयाँको तमसुक बनाए,’ बिहारी भने, ‘त्यही तमसुक देखाएर जेल हालिदिन्छु भन्दै छोरालाई तीन वर्षदेखि हरियाणामै काममा जोताइरहेका छन् । घर आउन दिन्नन् ।’

स्थानीय कलेश्वर सदाका अनुसार पाँच वर्षदेखि काम गर्दै आएका उनका छोरा १७ वर्षीय देवशरण हरियाणामै छन् । ‘नाबालक छोराले कमाएको त कता हो कता, उल्टै मसँग ५० हजार रुपैयाँको तमसुक बनाएका छन्,’ उनले गुनासो गरे ।

देउरीपट्टिकै मंगल सदाका १५ वर्षीय छोरा श्रवणलाई पनि शिवजीको समूहले हरियाणामै बन्धन बनाएको छ । ‘घरखर्चका लागि लिएको १० हजार रुपैयाँ लिएको हो । दुई वर्षदेखि छोराले काम गरेको छ । तर, रकम बक्यौता छ भन्दै गाउँ फर्किन दिएका छैनन् ।’

भारतमा मात्र होइन रोजगारीका लागि तेस्रो मुलुक जान खोज्ने मुसहर बस्तीका युवामाथि पनि शिवजी उत्पीडन गर्छन् । औरहीकै छिमेकी गाउँ बरियारपट्टि गाउँपालिका– ३ स्थित मुसहरबस्तीकी जलास सदा आफ्ना पति शिवु कतार जाँदा शिवजीले गरेको अत्याचार सुनाउँछिन् ।

उनले नयाँ पत्रिकासँग भनिन्, ‘हरियाणामा १२ वर्ष काम गरेर घर फर्किँदा खाली हात थियो । ऋण खोजेर उहाँ कतार उड्ने तयारीमा हुनुहुन्थ्यो । बस चढ्नै लाग्दा रोकेर कपाली तमसुकमा ल्याप्चे लगाउन लगाए । कति रकम लेखेको थियो भन्दा पनि भनेनन् । जबर्जस्ती हात समातेर ल्याप्चे लगाए । पछि हेर्दा २५ हजार भारु बक्यौता रहेको लेखेका रहेछन् ।’

बस्तीकी दुलारी सदा, सजन सदा, सुशीला सदा, गीता सदाको पीडा पनि उस्तै छ । ‘घर–व्यवहार चलाउन लिएको थोरै रकमबापत् भारत पु¥याएर वर्षौँ काम गर्दा पनि उल्टै बक्यौता देखाउन थालेपछि आजित भएर साउदी जान लागेका थिए,’ गीताले भनिन्, ‘पति बन्सी सदा घरबाट निस्किने वेलामै आएर कपाली तमसुकमा सही गराए ।’

बक्यौता देखाएर जबर्जस्ती कपाली तमसुक बनाउने शिवजीको हर्कतबाट औहरीसहित छिमेकी गाउँ पिप्रा, तुलसीपुर, बरियारपट्टि, जमुवा, बडहरि, सिराहा, लहान, गोलबजार डोहटिया, महनौर बेतौना, सोठियाइनका सयौँ मुसहर पीडित छन् ।

समाचार लेखाएको भन्दै गुन्डागर्दी, प्रहरी भन्छ- उजुरी आएको छैन 

पीडितले सञ्चारमाध्यमलाई आफ्ना गुनासा पोखेको र समाचार लेखाएको भन्दै आइतबार शिवजीले फेरि गुन्डागर्दी देखाएका छन् । शिवजीले गाउँमै आएर धम्क्याएको पीडितहरूको गुनासो छ । पीडितहरूले भने, ‘गाउँको कुरा गाउँमै मिलाऔँ । आखिर गाह्रो–अप्ठ्यारो पर्ने वेलामा मैले नै हो मिलाउने । नमिले जे पनि हुन सक्छ भन्ने धम्की दिएका छन् । दिनभर आसेपासे परिचालन गरी शिवजीले देउरीपट्टि गाउँका मुसहरहरू समुदायमाथि पनि मनौवैज्ञानिक दबाब दिएका छन् ।

शिवजीको समूहले औरही–४ इँटाटार गाउँका मुसहर समुदायमाथि गरेको चरम आर्थिक शोषणबारे भने प्रहरी अझै बेखबर छ । शिवजीविरुद्धमा उजुरी नआएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विनोदकुमार घिमिरेले पीडितहरूले रितपूर्वकको उजुरी ल्याए छानबिन गरेर कानुनी प्रक्रिया अगाडि बढाउने बताए । तर, प्रहरी–प्रशासनबाट कारबाही हुने–नहुने अनिश्चितताले पीडित उजुरी दिन डराइरहेका छन् ।

औहरी–४ इँटाटार घर भएका राष्ट्रिय दलित आयोगका पूर्वसदस्य कबुली पासवानले समाचार प्रकाशनपछि शिवजीले मेलमिलापका लागि प्रस्ताव पठाएको बताए । ‘मिलाउनुप¥यो भन्ने उनको कुरा थियो । मैले मुसहर समुदायमाथि भएको शोषणको विषयमा खुसुक्क छलफल हुँदैन, अब कानुनी प्रक्रियामा अगाडि बढ्छौँ भनेँ । त्यसपछि उनी केही बोलेनन्,’ पासवानले नयाँ पत्रिकासँग भने ।

तर, शिवजीले आफूले गरेको अत्याचार छोप्न राजनीतिक झन्डा ओढ्ने गरेका छन् । ‘गाउँपालिका अध्यक्षमा ६ मतले पराजित भएको मजस्तो राजनीतिक व्यक्तित्वलाई अगाडि बढ्न नदिने षड्यन्त्र हो,’ उनले नयाँ पत्रिकासँग भनेका थिए । उनले इँटाटार गाउँसहित जिल्लाका विभिन्न ठाउँका तीन सयजनालाई रोजगारी दिएकोसमेत दाबी गरेका छन् । नयाँपत्रिकाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब
२०८२ असार २१, शनिबार
‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’ : डा. शेखर कोइराला
२०८२ असार २१, शनिबार
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकूलता खोज्न जरुरी : प्रधानन्यायाधीश राउत
२०८२ असार २१, शनिबार
विवेकशील साझा पार्टीको कार्यवाहक अध्यक्षमा परियारलाई जिम्मेवारी
२०८२ असार २१, शनिबार
इजरायली हस्तक्षेपविरुद्ध पाँच वामपन्थी दलको साझा विरोध कार्यक्रम घोषणा
२०८२ असार २१, शनिबार
लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर
२०८२ असार २१, शनिबार
राष्ट्रपतिद्वारा यू-१६ क्रिकेट खेलाडीलाई बधाई
२०८२ असार २१, शनिबार