असार २३, २०८२ सोमबार July 7, 2025

विद्यालय शिक्षा विधेयकको मोडालिटीमा पुनर्विचार आवश्यक : सांसद सुमना श्रेष्ठ

कक्षामा उपस्थित भएको आधारमा, वार्षिक योजना बनाएको आधारमा, विद्यार्थीको सिकाइको आधारमा बढुवा हुनुपर्छ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले विद्यालय शिक्षा विधेयकको मोडालिटीप्रति प्रश्न उठाउँदै त्यसमा पुनर्विचार आवश्यक रहेको धारणा व्यक्त गरेकी छन्।

आइतबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद श्रेष्ठले विधेयकले शिक्षा प्रणालीका मुख्य पक्षहरूलाई उचित रूपमा समेट्न नसकेको आरोप लगाइन्। उनले पाठ्यक्रम निर्माण र शिक्षक व्यवस्थापनजस्ता विषयहरूलाई एउटै मोडालिटीमा राखिएको भन्दै असन्तुष्टि जनाइन्।

श्रेष्ठले भनिन्, “शिक्षाको लागि एउटा र शिक्षकको लागि अर्को विधेयक ल्यायौं।” उनले शिक्षा प्रणालीका प्रमुख सरोकारवाला अभिभावक र विद्यार्थीहरूको मतलाई बेवास्ता गरिएको उल्लेख गरिन्। “विधेयकको स्टेक होल्डर त अभिभावक र विद्यार्थी होला नि, उहाँहरुसँग त फिटिक्क केही छलफल गरिएको छैन। बच्चाको भोटिङ कार्ड नभएर होला, उहाँहरूलाई इग्नोर गरिएको होला,” उनले भनिन्।

उनले सरकारलाई विद्यार्थीकै नजरबाट शिक्षाको दृष्टिकोण हेर्न आग्रह गर्दै थपिन्, “विद्यार्थीले जतिसक्छ प्रतिस्पर्धा खोजेका छन्। विद्यार्थीलाई पोशाकको व्यवस्था गरौं, अतिरिक्त कक्षाको व्यवस्था गरौं, खेलकुदको हरेक व्यवस्था गरौं, अतिरिक्त पाठ्यक्रम विकास गरौं, पाठ्यक्रमको रिभ्यू गर्नु पर्‍यो, यो मेरो माग हो।”

श्रेष्ठले शिक्षकको बढुवा प्रणालीबारे पनि आलोचना गरिन्। उनले भनिन्, “बढुवा र सरुवा तोकिए बमोजिम राखेर जानु हुँदैन। कक्षामा उपस्थित भएको आधारमा, वार्षिक योजना बनाएको आधारमा, विद्यार्थीको सिकाइको आधारमा बढुवा हुनुपर्छ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार