असार २३, २०८२ सोमबार July 7, 2025

रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता बढाउन के खाने ? के नखाने ? जानीराखौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः तपाँईं आफ्नो दैनिक खानामा दही समावेश गर्नुहुन्छ ? लसुन नि ? यसमा पक्कै पनि तपाँईंको जवाफ सकारात्मक आउनेछ। लसुन त हाम्रो खानाको अभिन्न हिस्सा नै भयो । तरकारीमा लसुन नभई हुन्न । त्यसैले त यो भान्सामा अनिवार्य हुनेगर्छ ।

तपाँईंलाई हेक्का हुनुपर्छ, दही स्वादिलो मात्र होइन अत्यन्तै लाभदायक पनि हुन्छ। खासगरी पेटको लागि दही सेवन उपयोगी मानिन्छ। दहीमा भएको प्रोबायोटिक तत्वले खाना पचाउनमा मद्दत गर्छ । यसैगरी दहीमा प्रोटिन तथा क्याल्सियमसहित भिटामिन बी ६ तथा बी १२ हुन्छ, जुन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । दहीमा पोटासियम पनि पाइन्छ, जसले पाचनतन्त्रमा फाइदा गर्छ ।

सागसब्जी, दाल आदिमा लसुनको प्रयोग अनिवार्य मानिन्छ । लसुनमा एन्टी-व्याक्टेरियल तथा एन्टी-अक्सिडेन्ट तत्व पाइन्छ । औषधीय गुणले भरिपूर्ण लसुनको सेवनले रोगसित लड्ने क्षमताको विकास गर्नुका साथै रोगसँग लड्न सहयोग पुर्‍याउँछ ।

लसुनभन्दा कम उपयोगी छैन, बेसार पनि । सागसब्जीमा बेसार त नभई हुन्न । बेसारले सागसब्जीको रंग आकर्षक बनाउने मात्र होइन, स्वास्थ्यलाई समेत फाइदा गर्छ । बेसारको सेवनले विभिन्न किसिमको रोगको संक्रमण हुनबाट शरीरलाई सुरक्षा प्रदान गर्दछ । साथै, यसले विभिन्न रोग निको पार्ने हुँदा आयुर्वेदमा यसलाई औषधिको रुपमा पनि प्रयोग गरिन्छ । यसलाई औषधिको रुपमा दूध तथा पानीमा मिसाएर खाएमा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

भिटामिन ‘सी’को राम्रो स्रोत हो, कागती । कागतीका साथै सुन्तला, अंगुर पनि भिटामिन ‘सी’ तथा एन्टीअक्सिडेन्टको राम्रो स्रोत हो। भिटामिन ‘सी’ ले सेतो रक्तकोषिका उत्पादन गर्न सहयोग गर्छ, जसले संक्रमणसँग लड्न मद्दत गर्छ । नेपालीहरूमाझ चिया लोकप्रिय छ। चियामा पनि कालो चिया तथा ग्रीन टी धेरैको रोजाइमा पर्ने गर्छ । ग्रीन टी तथा कालो चियामा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्व रहेको हुन्छ, जसको सेवनले रोगसँग लड्ने क्षमताको विकास गर्छ ।

तरकारीको सूचीमा ब्रोकउलीलाई निकै स्वास्थ्यकर मानिन्छ । जसले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पोषणतत्वको प्रवाह गर्छ। यसमा फाइबर तथा एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन ए, सी, तथा डी पाइन्छ । त्यसैले खानामा काँचो वा हल्का पाकेको ब्रोकाउलीलाई समावेश गरेर पनि रोग प्रतिरोधी क्षमता बढाउन सकिन्छ ।हरिया सागसब्जीहरूमा पनि पालुङ्गोलाई विशेष प्राथमिकता दिइन्छ ।

पालुङ्गोमा क्यारोटिन, एन्टिअक्सिडेन्ट तत्वका साथै भिटामिन सी पाइन्छ । पालुङ्गोले शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक पर्ने भिटामिन तथा पोषण तत्वको पूर्ति गर्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार